१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी ‘पार्टी एकता र सरकार गठन सँगसँगै’

१५ माघ २०७४, सोमबार १६:४४

माघ १५, धनगढी | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने उद्देश्यका साथ आफूहरू अगाडि बढेको बताउनुभएको छ । 

कैलालीको भजनीमा आजदेखि ‘कला, साहित्य, कृषि, शिक्षा र व्यापार हाम्रो पहिचान, भजनी क्षेत्रको सर्वाङ्गीण विकास हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको ‘भजनी महोत्सव’को उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका लागि विभिन्न कार्यदल बनाएर काम अगाडि बढाएका छौँ ।” 

अर्को प्रसङ्गमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको इतिहासमा पहिलो पटक बहुमतको, स्थायी र बलियो सरकार बनाउने सम्भावना पैदा भएको छ भन्नुभयो । उहाँले महोत्सव आयोजकका तर्फबाट पेश गरिएको भजनी क्षेत्रको विकाससम्बन्धी माग पूरा गराउन पहल गरिने आश्वासन दिनुभयो । 

भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जैशीले पृथ्वीपुर छोटी भन्सारको स्तरोन्नति, कान्द्रा, काँडा र मोहना नदी नियन्त्रण, कृषि परियोजना कार्यक्रम लागु, भजनी क्षेत्रका तालतलैयाको व्यवस्थापन, रंगशाला र उद्यान निर्माण, बाढीपीडितको समस्या समाधानलगायत १५ बुँदे मागपत्र सो अवसरमा अध्यक्ष दाहालसमक्ष पेश गर्नुभएको थियो । यही माघ २४ सम्म चल्ने महोत्सवमा कृषि, व्यापार व्यवसायसम्बन्धी ७७ कक्ष छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह