१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण माओवादी-एमाले एकता नहुनसक्छ…

१६ माघ २०७४, मंगलवार ०६:०५

माघ १६, काठमाडौं | राजनीतिमा खेल धेरै हुन्छ । अघिल्लो दिन हुन्छ भनेको कुरा भोली हुँदासम्म फेरिन पनि सक्छन् । एमाले-माओवादी एकतामा यस्तै भएको छ । 

निर्वाचन अघिदेखिनै निर्वाचन लगत्तै एकता हुन्छ भनेपनि धेरै समय बित्दासम्म एकताको कुनै कुरा अगाडी बढ्न सकेको छैन । जनमानशमा आ-आफ्नै तर्क बितर्क चल्दा एमाले-माओवादी पार्टीका नेतृत्व तहमै भित्रभित्रै बिभिन्न खेलहरुमा बहशहरु चलेका छन् । नेताहरूको भनाई र वास्तविकतामा फरक पर्दा कुनै कुरा एकिन गरि भन्न सकिने अवस्था छैन । बाहिर एकताको लागि भन्न जति सजिलो छ त्यति भित्र छैन । एकता जटिल बन्नुको मुख्य कारणनै अहमता हो । माओवादीले आफुलाई पार्टी अध्यक्ष नदिए पार्टी एकताको औचित्य नहुने बुझाई राख्छ भने एमाले तत्काल पार्टीको अध्यक्ष माओवादीलाई दिए पार्टीले ठूलो कुरा गुमाउने खतरा रहको बुझ्छ । यस्तो अवस्थामा एमालेले पार्टीको अध्यक्षता आफै राख्ने भित्रि सोच राखेको छ जसको कारण माओवादी  र एमाले एकताको मुख्य अड्चननै अध्यक्षतामा रोकिएको छ । 

यहाँ द्वन्द दुई पार्टीको भन्दा पनि दुई अध्यक्षबीच चलिरहेको छ । मुख्य कुरा नै अध्यक्षमा अड्किए पनि दुवै पार्टीले त्यसलाई ठूलो कुरा नभएको भन्दै आफुलाई पानि माथिको ओभानो जस्तो बनाउने खेल खेलेका छन् । सुरुमै पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा कुरा अड्किएपछी एकताको थप काम अगाडी बढ्न सकेको छैन । अध्यक्ष नदिए माओवादी एकतामा नजाने अवस्थामा छ । माओवादीले नयाँ सरकारमा ओलीलाई नै प्रधानमन्त्री दिनुको मुख्य कारण नै पार्टीको अध्यक्ष आफुलाई पार्ने रणनीति हो । तर एमाले दुवै हातमा लड्डु खाने सोचमा नयाँ सरकारको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफ्नै भागमा राख चाहन्छ । 

बाहिर जे-जे बोले पनि एकता पछि प्रचण्डले पार्टी नेतृत्वनै चाहेका कुरा स्पष्ट छ । पार्टी   नेतृत्वकै लागि सहज परिस्थिति बनाउन प्रचण्ड आफैले एमाले अध्यक्ष ओलीलाई सरकार नेतृत्वको प्रस्ताव गरेका हुन सक्छन । अर्को कुरा एमालेसँग पार्टी एकता गरेर माओवादीले आफ्नो हातमा शक्तिको राम्रो स्थिति पनि बनाईसकेको अवस्था छ । त्यसो त एमाले एक्लै ले पनि अहिलेको शक्ति समीकरण प्राप्त गर्नुमा बाम तालमेलकै प्रतिफल हो भन्ने बुझेको छ । यस अर्थमा मध्यमार्गी बाटोमा जान दुवै पक्षले सोच पनि बनाएका छन् । केहि पंक्तिको बुझाई के पनि छ भने राष्ट्रिय सभाको चुनावसम्मको लागि एमाले-माओवादीबीच एकताको कुरा चल्ने र त्यस पछी पार्टी एकताको कुरा नमिलेको नाटक गरि आ-आफ्नै तरिकाले पार्टी अगाडी बढाउने छन् । यसअर्थमा पार्टी एकताको कुरा राष्ट्रिय सभा निर्वाचन नहुँदासम्मको लागि गहन रुपमा चल्ने त्यसपछी एकतामा जान नसकिएको बहानामा पुरानै अवस्थामा फर्कन सक्ने कतिपयको बुझाई छ । 

दाहालको भित्रि चाहनानै पार्टी अध्यक्ष हो । उता ओली भने सकभर दाहाललाई मनाएर महाधिवेशनबाट मात्रै पार्टी अध्यक्ष छान्ने बाटोमा जान चाहन्छन तर एमालेले भने जस्तो सहज अवस्था छैन । सरकारमा ७०/३० को नीति लिएको एमाले-माओवादीले पार्टी अधिवेशनसम्मको बाटो पनि यस्तै तरिकाले अगाडी बढाएमा माओवादी अध्यक्षले अधिवेशनबाट जित्ने सम्भावना हुँदैन । त्यतिबेलासम्ममा एमाले-माओवादी गुट पैदा हुने सम्भावना निकै बलियो भएर जाने आंकलन गर्न सकिन्छ । फरक पार्टी एकतामा जाँदा केहि बर्ष अधिवेशनमा समेत सोहि अनुसार प्रभाव देखिने हुँदा माओवादी आफु कम्जोर हुने अवस्थामा अहिले ओलीकै सोच अनुरुप अधिवेशनसम्म पुगेर अध्यक्षको लागि उम्मेद्वारी दिएर मात्र अध्यक्ष लिने पक्षमा नजान सक्छन् । त्यसैले एकताको लागि एमालेले माओवादी अध्यक्षलाई नै एकीकृत पार्टीको अध्यक्ष स्वीकार गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह