१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा गाउँपालिका अध्यक्षलाई ‘गोली हानेर मार्छु’ भन्ने फोन आएपछि…

१६ माघ २०७४, मंगलवार ०७:२४

माघ १६, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । 

एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उहाँले जानकारी दिनुभयो । बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत गुप्ताको भनाइ छ । 

पैसाका लागि धम्की दिएको हुन सक्ने ठानेर सोध्दा “तैँले आजकल मान्छेलाई गन्न छाडेको छस् त्यहीँ भएर गोली हानेर मार्छु भन्दै धम्की दिने गरेको र गाउँपालिकाको कार्यक्रममा हिँड्दासमेत त्रस्त भएर हिँड्नुपरेको छ ।” गुप्ताले भन्नुभयो । 

बारम्बार धम्की आउने फोनको नम्बर देखिँदैन । फोन आउँदा नम्बरको ठाउँमा ‘प्राइभेट’ लेखिएको अक्षरमात्र आउने गरेको र अध्यक्ष भएपछि अरुलाई नटेरी मनोमानी काम गरेको आरोप लगाउँदै गोली हानेर मार्ने धम्की दिइने गरेको गुप्ताले जानकारी दिनुभयो । 

जुनसुकै बेला पनि गोली हान्न सक्छु भनेर फोन आउने गरेकाले आफू मानसिक तनावमा रहेको र धम्कीबारे सुरक्षा निकायमा जानकारी गराए पनि अहिलेसम्म कसैको पहिचान हुन नसकेको गुप्ताको भनाइ छ । 

नेकपा (माओवादी केन्द्र)को तर्फबाट विजयी गुप्ताको घर सीमावर्ती पाल्हिनन्दन गाउँपालिका–३ मा पर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह