१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियानमा काँग्रेस नेता

१६ माघ २०७४, मंगलवार ०९:४९

माघ १६, काठमाडौँ | नेपाली काँग्रेसका नेताहरुले जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान चाएका छन् । 

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्राराम्भ गरेका हुन् । 

सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने (बटुवा)को जुत्तामा पालिस लगाउनुभएको थियो । 

काँग्रेस नेता भण्डारीले विभिन्न देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन उक्त अभियान थालिएको जानकारी दिनुभयो । 

शहीद दिवसका अवसरमा नेविसंघको रक्तदान 

नेपाल विद्यार्थी संघले शहीद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । आज विश्वभाषा क्याम्पसमा आयोजित उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । 

उक्त कार्यक्रम शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले शहीदको सम्झनामा नेविसंघले रक्तदान गरेर राम्रो कार्यको थालनी गरेको छ भन्दै मुलुकको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शहीदको सम्मान गरिएकामा प्रशंसा पनि गर्नुभयो । 

पैँसट्ठी वर्षका व्यक्तिलाई वृद्धभत्ता दिने सरकारको निर्णयको आलोचना भइरहेका बेला उहाँले वार्षिक रु २० अर्ब खर्च हुने ठाउँमा रु ३३ अर्ब खर्च भएपनि आमनागरिकले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह