१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ: उपराष्ट्रपति पुन

१७ माघ २०७४, बुधबार ०७:४५

माघ १७, काठमाडौँ | उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औं शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले भन्नुभयो, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छन्, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ ।” 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सार्क क्षेत्रका देशको आर्थिक समृद्धिका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो । 

यस क्षेत्रमा गरिबी, अशिक्षा, बेरोजगारी समस्या रहेको उल्लेख गर्दै उहाँले यी समस्यालाई सम्बोधन गर्न क्षेत्रीय सहकार्य र एकतालाई अझ बलियो बनाउनुपर्छ भन्नुभयो । 

उपराष्ट्रपति पुनले भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका अहं रहने चर्चा गर्नुभयो । सम्मेलनमा सार्क क्षेत्रका लेखा व्यवसायी संस्थाका प्रमुखको सहभागिता रहेको छ । वित्तीय प्रणालीका विविध आयाम, आर्थिक समृद्धि, लेखा व्यवसायीको क्षमता अभिवृद्धि माथि छलफल हुनेछ । 

आयोजक संस्थाका अध्यक्ष प्रकाशजङ्ग थापाले आर्थिक सुशासन, वित्तीय प्रणालीमा सुधारका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिँदै भ्रष्टाचार न्यूनीकरण गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

सम्मेलनको उद्घाटन सत्रमा दक्षिण एशियाली लेखा व्यवसायी संस्थाका प्रमुख डा सुवोधकुमार कर्णले सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका लागि वित्तीय प्रणालीमा सुधार गर्नुपर्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह