२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा फरक नागरिकता भएको भन्दै प्रशासनमा उजुरी

२०७४, १७ माघ बुधबार १४:२१

माघ १७, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराउनुभएको हो ।  


अध्यक्ष खत्री विरुद्ध उजुरी परेकोले अब छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । आफू आएदेखि जिल्लामा यस्तो प्रकारको उजुरी पहिलो पटक परेको समेत प्रजिअ भट्टराईले बताउनुभयो । यसबारे छानविन थप फैसला अदालतले गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

अध्यक्ष खत्री विरुद्ध परेको उजुरीमा पठु खत्रीका पाँच भाई छोराहरु भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी मध्ये बिर बहादुर (साईला) रहेको र उनको २०४० सालमा मृत्यु भएपछि भिउदे हालका बिर बहादुरले तत्कालिन पाखापानी गाउँ पञ्चायतमा नागरिकता बनाउन खटिएका टोलीलाई झुक्याएर मृत्यु भएका भाईको नामबाट नागरिकता लिएको उल्लेख गरिएको छ ।

अध्यक्ष खत्रीले भिउदे नामबाट २०४२ मंसिर १० गते ३८९२ नम्बरको नागरिकता र मृत्यु भएका भाई बिर बहादुरको नामबाट २०४६ बैशाख १५ गते १८६ नम्बरको नागरिकता लिएको पुनद्धारा पेश गरिएको उजुरीमा उल्लेख गरिएको छ । 

अध्यक्ष खत्री नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध