२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा सबै उम्मेदवारले बुझाए खर्च बिबरण

२०७४, १७ माघ बुधबार १६:०६

टेकबहादुर शाही | माघ १७, डोल्पा | मंसिर १० मा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा डोल्पाका उम्मेद्धारहरुले गरेको खर्च बिवरण जिल्ला निर्बाचन कार्यलयमा बुझाएका छन् । प्रतिनिधिसभा निर्बाचन क्षेत्र नं. १ अनि प्रदेशसभा निर्वाचन क्षेत्र नं क र ख रहेको डोल्पा जिल्लामा प्रतिनिधिसभा प्रदेश सभा गरि जम्मा १० जना उम्मेद्धारले चुनवामा भाग लिएका थिए । 

कुल जनसख्यामा १८ हजार ९ सय ८९ जना मतादाता रहेको डोल्पामा प्रतिनिधिसभा तर्फ ४ जना र देशसभा तर्फ ६ जना गरि जम्मा १० जना उम्मेद्धारले निर्वाचनमा भाग लिएका थिए । निर्बाचन सकिएको  मितिले ३५ दिन भित्र चुनवामा गरेको र्खचको बिवरण बुझाउनु पर्ने नियमानुसार डोल्पा जिल्लामा दशै जना उम्मेद्धारले निर्बाचन खर्च बुझएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ ।   

जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार प्रतिनिधि सभाका नेपाली काँग्रेसका अंगत कुमार बुढाले २० लाख १३ हजार, बाम गठबन्धन तथा नेकपा एमालेका धन बहादुर बुढाले ७ लाख ३ हजार खर्च गरेका छन । त्यसै गरि नेकपा मालेका हर्क बहादुर ठकुल्लाले ६ लाख १२ हजार र राष्ट्रिय नजमुक्ति पार्टीका अजुन बहादुर शाहीले ५ लाख ४५ हजार खर्च गरेको बिबरण जिल्ला निर्बाचन कार्यलयका निमित्त निर्वाचन अधिकारी सुमन राइले जानकारि दिए ।  

त्यसै गरि प्रदेशसभा “क” मा नेपाली काग्रेसका उम्मेद्धार बेगम सिँह ठकुरीले ३ लाख ९० हजार ८ सय, बाम गठमन्धनका तथा नेकपा एमालेका नन्द सिँह बुढाले ६ लाख ५१ ह्जार ८ सय खर्च गरेको बिवरण बुझाएका छन । 

त्यस्तै गरि प्रदेशसभा निर्वाचन “ख” मा नेपाली काँग्रेसका उम्मेद्धार सुरेस बहादुर शाहीले ३ लाख ९० हजार ८ सय, बाम गठबन्धन तथा माओबादी केन्द्रका बिर बहादुर शाहीले ८ लाख ९९ हजार २ सय ५० ,नया शक्ति पार्टी नेपालका पुष्पराज बुढाले २ लाख ३५ हजार र स्तन्त्र उम्मेद्धार जय बहादुर डसाले २ लाख १५ हजार निर्बाचनमा भएको खर्च बिबरण बुझाएको जिल्ला र्बिाचन कार्यलय डोल्पाले जानकारी दिएको छ । 

मंसिर १० मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डोल्पा जिल्लाबाट सबै क्षेत्रबाट बामगठबन्धनले बिजयी हात पारेको छ । समग्रमा उम्मेद्धारले धेरै नै खर्च गरेको भए पनि निर्वाचन आयोगको आचारसंहिता अनुसार खर्च बुझाएको नागरिकको दावी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा