२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रदेश ५ को पहिलो बैठकका लागि बुटवलमा यसरी हुँदैछ तयारी

२०७४, १७ माघ बुधबार १७:३७

–भरत केसी | माघ १७, बुटवल | प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ । 

प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गर्नुभएको छ । प्रदेश नं ५ का मुख्यसचिव शंकर पाठक आफ्नो जिम्मेवारी सम्हाल्न बिहीबार यहाँ आइपुग्नु भएको छ । 

उहाँले क्षेत्रीय प्रशासन कार्यालय रहेका ठाउँको कर्मचारीलगायत भौतिक संरचनाको व्यवस्थापनमा समस्या नभएको तर रुपन्देहीमा प्रदेशको अस्थायी केन्द्र तोकिँदा अन्यत्रबाट कर्मचारी आउन केही ढिला भए पनि समयमै सबै ब्यवस्थापन हुने गरी काम भइरहेको बताउनुभयो । 

प्रदेश नं ५ को बैठक बस्ने स्थल तोकिएको बुटवल उद्योग वाणिज्य संघको सचिवालय र सभाहलको संघीय संसद् सचिवालयले तोकेको मापदण्डबमोजिमको निर्माणको काम अघि बढाइएको छ । उक्त भवनमा आज मात्र प्रदेशसभा सचिवालय र प्रदेशसभा बैठक भवनमा साइनबोर्ड राख्ने पहिलो काम भएको छ । 

बैठक कक्षमा संघीय संसद् सचिवालयले तोकेको मापदण्डबमोजिमको प्रदेशसभा बैठक कक्षको संरचनाको थालनी अझै शुरु हुन सकेको छैन । बैठक कक्षमा सभामुख, उपसभामुखलगायतको लबि छुट्याउनुपर्ने, मर्यादापालक, सभामुखको अगाडि दायाँतर्फ सत्ता पक्ष र बायाँतर्फ प्रतिपक्षका सदस्य बस्ने लबि तोकेर बनाउनुपर्ने, कार्पेटिङ गर्ने र कुर्सीको रङ समान गर्ने, दर्शकदीर्घा र संचारकर्मीका लागि अलगै स्थान तोकेर व्यवस्थापन गर्नेलगायत प्रारम्भिक कामको शुरुवात हुँदैछ । 

प्रदेशसभा कक्षको अगाडिको मञ्चमा सभामुख, सचिव र कर्मचारी बस्ने र सोही ठाउँमा रेकर्डिङ कक्षसमेत रहने गरी निर्माण गरिने छ । बैठकको रेकर्डिङ कक्ष निर्माणका लागि केन्द्रबाट खटिइआएका रेडियो नेपालका दुई जना प्रविधिज्ञले काम गरिरहेका छन् । 

सरकारले प्रदेशसभा बैठक सञ्चालनका लागि २७ जना कर्मचारी खटाइसकेको भएपनि हालसम्म कुनै कर्मचारी आइपुगेका छैनन् । संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालको नेतृत्वमा प्रदेशसभामा खटिएका कर्मचारीलाई सहजीकरण गर्न चार जनाको टोली तीन दिनअघि यहाँ आइपुगेको छ । कर्मचारीलाई सहजीकरण आएको टोली कर्मचारी नै कोही पनि नआइपुगेकाले आफैं बैठकको तयारीमा जुट्नु परेको टोली प्रमुख सहसचिव अर्याल बताउनुभयो । उहाँले भन्नुभयो, “सहजीकरणभन्दा पनि अब त यो प्रदेशको पहिलो संसद् बैठकको सभा सञ्चालनलाई उत्कृष्ट बनाउने भनेर खटिएका छौँ ।” 

बैठक सञ्चालनका लागि प्रदेश सांसद बस्नका लागि भनेर हाल बुटवल उपमहानगरपालिकाबाट केही कुर्सी ल्याएर समान रङका बनाउन शुरु गरिएको र दर्शक दीर्घामा बस्नेलाई समेत झन्डै १०० कुर्सीको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । 

बैठकलाई मर्यादित र उत्कृष्ट बनाउन आजै राष्ट्रिय पार्टीका स्थानीय नेतृत्वसँग सर्वदलीय बैठक सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । संसदीय परम्पराअनुसार बैठक बस्नु अघि बैठकका एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बस्नुपर्ने हुन्छ । तर, हालसम्म कार्यव्यवस्था समिति नै गठन नभएकाले सर्वदलीय बैठकले एजेण्डा तय गर्न सहज हुने ठानेर नै बैठक आह्वान गरिएको उहाँले बताउनुभयो । 

प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको अध्यक्षतामा बस्नेछ । सोही बैठकले सभामुख, उपसभामुखको चयनको मिति तय गर्नेछ । पहिलो बैठकको तयारी गर्ने सिलसिलामा ज्येष्ठ सदस्य पोखरेल आज पनि आफ्नै कार्यकक्षमा व्यस्त रहनुभयो । उहाँले सबै संरचना निर्माणमा प्रदेशसभाको संरचना नौलो र अनुभवको कमीका कारणले केही ढिलाइ भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा