१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूको पद बहाली

१८ माघ २०७४, बिहीबार ११:१५

माघ १८, पोखरा | प्रदेश सरकार (प्रदेश नं ४)का प्रमुख सचिव लक्ष्मण अर्यालले आज पद बहाली गर्नुभएको छ । 

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच अर्यालले पद बहाली गर्नुभयो । 

पद बहाली कार्यक्रममा पोखरास्थित विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारीका साथै सञ्चारकर्मीको उपस्थिति थियो । प्रदेश नं ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रशासन तथा बैठक शाखा हेर्ने) का सचिव लालमणि ओझा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले पनि आजै पद बहाली गर्नुभयो । 

पद बहाली कार्यक्रममा प्रमुख सचिव अर्यालले संविधानको कार्यान्वयन र संघीयताको व्यवस्थापन गर्नु अहिलेको आवश्यकता भएको बताउँदै उक्त जिम्मेवारीलाई पूरा गर्न लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

प्रमुख सचिव अर्यालका अनुसार प्रदेश नं ४ मा मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय एउटै भवनमा रहने छन् । 

भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा राख्न लागिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन कार्यालयको नवनिर्मित भवनमा राखिनेभएको छ । 

त्यस्तै, सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राख्ने तयारी गरिएको छ भने भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी डिभिजन कार्यालयमा राख्ने गरी तयारी गरिएको छ । 

अन्य मन्त्रालयका सचिव आउने क्रममा रहेको प्रमुख सचिव अर्यालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह