२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोखा–छहरे सुरुङ मार्ग निर्माण गर्न ध्यानाकर्षण

२०७४, १८ माघ बिहीबार १२:०६

माघ १८, काठमाडौँ | रसुवा र नुवाकोटका नेताहरुले टोखा–छहरे सुरुङ मार्ग छिटो निर्माणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । 

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी चीन–नेपालको सबैभन्दा छोटो मार्ग भएकाले टोखा–छहरे सुरुङ मार्ग चाँडो निर्माण गर्न, व्यवस्थित बसोबास कार्यक्रममा रसुवा र नुवाकोटलाई समावेश गर्न, पासाङल्हामु राजमार्गको दायाँबायाँ १५ मिटर कायम गरिएकाले सरकारले मुआब्जा तथा कित्ताकाट गर्न पहल गर्नुपर्ने माग गरेको छ । 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले चीन–काठमाडौँ जोड्ने छोटो मार्ग हुने र सामान आयात गर्दा राज्यको व्ययभार कम हुने भएकाले बाटो निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभएको रसुवाका सांसद मोहन आचार्यले राससलाई जानकारी दिनुभयो । 

भेटमा काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा, उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल, काँग्रेस नुवाकोटका नेता धुव्र अधिकारीलगायतको सहभागिता थियो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित