१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोखा–छहरे सुरुङ मार्ग निर्माण गर्न ध्यानाकर्षण

१८ माघ २०७४, बिहीबार १२:०६

माघ १८, काठमाडौँ | रसुवा र नुवाकोटका नेताहरुले टोखा–छहरे सुरुङ मार्ग छिटो निर्माणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । 

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी चीन–नेपालको सबैभन्दा छोटो मार्ग भएकाले टोखा–छहरे सुरुङ मार्ग चाँडो निर्माण गर्न, व्यवस्थित बसोबास कार्यक्रममा रसुवा र नुवाकोटलाई समावेश गर्न, पासाङल्हामु राजमार्गको दायाँबायाँ १५ मिटर कायम गरिएकाले सरकारले मुआब्जा तथा कित्ताकाट गर्न पहल गर्नुपर्ने माग गरेको छ । 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले चीन–काठमाडौँ जोड्ने छोटो मार्ग हुने र सामान आयात गर्दा राज्यको व्ययभार कम हुने भएकाले बाटो निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभएको रसुवाका सांसद मोहन आचार्यले राससलाई जानकारी दिनुभयो । 

भेटमा काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा, उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल, काँग्रेस नुवाकोटका नेता धुव्र अधिकारीलगायतको सहभागिता थियो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह