१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

‘प्रदेशको राजधानी हेटौँडा हुँदा आर्थिक हिसाबले प्रगति हुन्छ’

१८ माघ २०७४, बिहीबार १२:१६

अञ्जली थापा / माघ १८, हेटौँडा | प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकमा उपस्थित सांसदले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा फरक फरक प्रतिक्रिया दिनुभएको छ । 

सरकारले प्रदेश नं ३ को अस्थायी मुकामका रुपमा मकवानपुरलाई तोकेको छ । स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभामा रहन्छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रदेश सांसद् अष्टलक्ष्मी शाक्यले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशको राजधानीको विषयमा भन्नुभयो, “हेटौँडा हरेक किसिमले सुन्दर छ, पहिला अस्थायी राजधानी तोक्दा अलि असहज लागे पनि अहिले सबै खुशी छन् तर पार्टीले यसमा आधिकारिक धारणा बनाइसकेको छैन ।” 

नेकपा (माओवादी केन्द्र)का शालिकराम जमरकट्टेलले हेटौँडालाई प्रदेश राजधानीको लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको लगानी यहाँ भइसकेको छ, र पूर्वाधार पनि बन्ने क्रममा छ, त्यसैले मेरो मत यहीँ राजधानी राखिनुपर्छ भन्ने हो ।” माओवादी केन्द्रकै राधिका तामाङले आफ्ना लागि हेटौँडा राजधानीको पायक नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले के सोचेर अस्थायी मुकाम तोक्यो बुझ्न सकेको छैन, यहाँ राजधानी हुनु हुँदैन ।” 

नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँले पहिलो पटक भएको संसद् बैठक गृह जिल्लामा हुनाले उत्साहित बनाएको बताउनुभयो । उहाँले अस्थायी मुकाम हेटौँडामा तोकिनु सरकारकोे वैज्ञानिक निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको राजधानी हेटौँडा हुँदा आर्थिक हिसाबले पनि प्रगति हुन्छ किनकि यो आर्थिक नाका हो ।” 

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुका कर्मचारी लक्ष्मण दाहालले पहिलो पटक संसद्को बैठक हेर्दा सिंहदरबार हेटौँडामा आएको अनुभव भएको सुनाउनुभयो । 

नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्माले बैठकले दर्शक स्रोतादेखि सांसदसम्मलाई कौतुहलता दिलाएको बताउनुभयो । “हामी सबैमा अब के हुन्छ भन्ने जिज्ञासा अन्तिम समयसम्म कायम रह्यो, हामीलाई कार्यतालिका थाहा भए पनि बिल्कुलै नौलो लाग्यो र कौतुहल कायमै रह्यो”, उहाँले थप्नुभयो, “यो बैठकले हामीलाई सभ्य र ‘सिस्टम’ नि सिकाएको छ ।” 

मकवानपुरका सञ्चारकर्मी राममणि दाहालले बैठकले मुलुक संरचनामा गएको र संघीयता प्राप्त भएको महसुस दिलाएको बताउनुभयो । उहाँले यो क्षणलाई ऐतिहासिक रुपमा ग्रहण गरिएको समेत बताउनुभयो । उहाँले भन्नुभयो “अब भने हामी संघीयतामा गयौँ भन्ने महसुस यो बैठकले प्रत्याभूत गरायो ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह