१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ का प्रदेश-सांसदहरुको पोशाक सभामुखले तोक्ने

१८ माघ २०७४, बिहीबार १५:१४

माघ १८, हेटौँडा | प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकले पारित गरेको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ ले प्रदेश सदस्यको पोशाक सभामुखले तोकेबमोजिम हुने व्यवस्था गरेको छ । 

सामान्यतयाः दौरासुरुवाल र साडीचोलो लगाइने संसदीय परम्परा रहेकामा सम्बन्धित प्रदेशमा आफूखुशी वा कुन वेशभूषाको पोशाक लगाउने भन्ने सभामुखले तोक्ने स्थिति यो कार्यविधिले देखाएको छ । आजको पहिलो बैठकले प्रदेशको सभामुखको निर्वाचन यही माघ २७ गतेका लागि निर्धारण गरेको छ । 

प्रदेशसभाबाट कार्यदल गठन गरी स्थायी कार्यविधि तय नगरेसम्मका लागि दलीय सहमतिका आधारमा आजको पहिलो बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको थियो । कुल १० पेज, ३० दफा र अनुसूची रहेको सो कार्यविधि प्रतिनिधिसभामा विगतमा लागू गरिएको कार्यविधिकै ढाँचामा देखिन्छ । अन्तरिम कार्यविधिमा बैठक सञ्चालन, अध्यक्षता, बैठकको मर्यादा, शिष्टाचार, प्रस्ताव प्रस्तुत गर्ने र पारित गर्ने विधि, अनुशासनलगायत दफा छन् । यस्तै सदस्यको व्यक्तिगत विवरण, सभामुख–उपसभामुखको शपथको ढाँचा अनुसूचीमा राखिएका छन् । -रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह