२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ का प्रदेश-सांसदहरुको पोशाक सभामुखले तोक्ने

२०७४, १८ माघ बिहीबार १५:१४

माघ १८, हेटौँडा | प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकले पारित गरेको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ ले प्रदेश सदस्यको पोशाक सभामुखले तोकेबमोजिम हुने व्यवस्था गरेको छ । 

सामान्यतयाः दौरासुरुवाल र साडीचोलो लगाइने संसदीय परम्परा रहेकामा सम्बन्धित प्रदेशमा आफूखुशी वा कुन वेशभूषाको पोशाक लगाउने भन्ने सभामुखले तोक्ने स्थिति यो कार्यविधिले देखाएको छ । आजको पहिलो बैठकले प्रदेशको सभामुखको निर्वाचन यही माघ २७ गतेका लागि निर्धारण गरेको छ । 

प्रदेशसभाबाट कार्यदल गठन गरी स्थायी कार्यविधि तय नगरेसम्मका लागि दलीय सहमतिका आधारमा आजको पहिलो बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको थियो । कुल १० पेज, ३० दफा र अनुसूची रहेको सो कार्यविधि प्रतिनिधिसभामा विगतमा लागू गरिएको कार्यविधिकै ढाँचामा देखिन्छ । अन्तरिम कार्यविधिमा बैठक सञ्चालन, अध्यक्षता, बैठकको मर्यादा, शिष्टाचार, प्रस्ताव प्रस्तुत गर्ने र पारित गर्ने विधि, अनुशासनलगायत दफा छन् । यस्तै सदस्यको व्यक्तिगत विवरण, सभामुख–उपसभामुखको शपथको ढाँचा अनुसूचीमा राखिएका छन् । -रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह