२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीकि संघर्षशील महिला नेतृ बन्लिन् त प्रदेश मन्त्रि ?

२०७४, २० माघ शनिबार ०४:४२

नरी बडु | माघ २०, बैतडी | ७ नम्बर प्रदेशका महिला नेतृहरुमा अग्रस्थानमा बैतडीकी माया भट्टको नाम आउने गरेको छ । हाल उनी एमालेबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी छिन । बैतडीको जस्तो समाजबाट प्रदेशसभा सदस्य बन्न उनको राजनितिमा ठूलो संघर्ष छ । २०४६ सालको आन्दोलनबाट प्रभावित भएर उनी राजनीतिमा प्रवेश गरेकी हुन् । 

५२ वर्षीय भट्ट समाजमा रहेको छुवाछुत, कुसंस्कार, विकृति, भेदभाव, थिमोमिचोलाई चिर्दै आजको अवस्थामा पुगेकी हुन । अन्याय अत्याचारको अन्त्यको लागि सधै तत्पर रहने भट्ट जिल्लाकै महिला अगुवा हुन् । त्यो बेला कम्युनिष्ट सिद्धान्त अंगालेका नेता देख्ने बित्तिकै  हेर्ने नजरसमेत समाजको ठिक थिएन । उनले त्यही सिद्धान्त अंगालेर गाउँगाउँ पुगेर महिलालाई संगठित गरिन । घरधन्दामा सिमित महिलालाई समाजमा हिडाउँन उनले खेलेको भूमिका महत्वपूर्ण  छ ।

माथिको तस्बिरमा: शहीदका सपना पुरा गर्ने अठोट लिई शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गर्दै ७ नम्बर प्रदेशकी सांसद माया भट्ट । 

उनले राजनितिक यात्रा तय गर्ने समयमा ठूलै संघर्षको सामना गर्नुपर्यो । महिलालाई घरधन्दामै सिमित राख्ने समाजमा उनी जिल्लाका विभिन्न ठाउँमा पुगेर संगठन बिस्तार लागिन । अधिकार, समानताको लडाइँ लडने ७ नम्बर प्रदेशकी उनी अगुवा महिला हुन् । समाजमा महिलाहरुले पुरुषसरह अधिकार पाउनुपर्ने माग राख्दै उनले गरेको लडाइँकै फलस्वरुप आज महिलाले सम्मानजनक स्थान पाउन सकेका छन् । पुरुषसरह अधिकार पाउनपर्ने माग राख्दै उनीसहितका महिला पटकपटक काठमाडौं पुगेर आन्दोलन गरेको उनीले बताइन् । ‘हिजोको अवस्था र आजको अवस्थामा केही परिवर्तन आएको छ,’ उनले भनिन्, ‘हामीले महिला अधिकारको लडाइँ लडेर केही नभए पनि ३३ प्रतिशत आरक्षण पाउन सकेका छौं ।’ हरेक क्षेत्रमा महिलालार्य स्थान पाउन थालेको उनले बताइन् । स्थानीय तहमासमेत अहिले महिला प्रमुख/उपप्रमुख भएको उनको भनाइ छ ।

२०४६ सालमा अखिल नेपाल महिला संघको जिल्ला संयोजक बनेकी भट्टकै कारण हाल जिल्लामा केही महिला राजनीतिमा सक्रिय छन् । २०५४ सालमा तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदै जिल्ला विकास महासंघको केन्द्रीय सदस्य बनेकी उनीसँग स्थानीय निकायकोसमेत लामो अनुभव छ ।  २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार थिइन् ।  पार्टीले मुल्यांकन गर्दै जिम्मेवारी दिएपछि त्यसलाई निमुर्ण ढंगले निर्वाह गर्ने उनको अठोट छ । ७ नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने लगभग पक्का छ । उनी प्रदेशसभामा जुनसुकै पद  समाल्न तयार छिन् । राजनीतिको लामो अनुभव भएकी भट्ट आफ्नो क्षमताले प्रदेशको विकासको लागि लाग्ने बताउँछिन् ।

अन्य प्रदेशको तुलनामा पछाडि रहेको यो प्रदेश जलविद्युत्, पर्यटनको विकास गर्न सके अन्य प्रदेशको तुलनामा धनी बन्न सक्ने उनले बताइन् । ‘प्रदेशमा  सरकार बनेपछि यो प्रदेशलाई सम्पन्न बनाउन प्रदेश सरकारको महत्वपूर्ण हात हुन्छ,’ उनले भनिन्, ‘भिजनसहित अघि बढन सके मात्र सम्वृधिको ढोका खुल्छ ।’ जनताले बाम गठबन्धनलाई म्यान्डेट दिएको भन्दै जनताको चाहनाअनुसार काम गगर्न आफु कटिबद्ध रहेको समेत बताइन् ।

महिलाहरुको माग माया मन्त्रि बन्नुपर्छ

शुक्रबार मात्रै ७ नम्बर प्रदेशको मुख्य मन्त्रिका लागि माओबादी केन्द्रले डोटीका प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई सिफरिस गरेको छ । ७ नम्बर प्रदेशको मुख्य मन्त्रि माओबादीको भागमा परेकाले पनि अब त्रिलोचन मुख्यमन्त्रि बन्ने लगभग पक्का भैसकेको छ । तर प्रदेशका अरु मन्त्रिहरुको टुङ्गो लागिसकेको छैन् । सात नम्बर प्रदेशमा महिलाहरुले बैतडीबाट प्रदेशसभा सांसद बन्नुभएकी भाया भट्टलाई कुनैन कुनै मन्त्रालयको जिम्मेवारी दिनुपर्ने माग गरेका छन् । सुदूरपश्चिमकै अग्रेणी महिला नेतृ भएकाले पनि उनलाई मन्त्रि बनाउनुपर्ने महिलाहरुको माग हो । व्यक्ति भन्दा, पार्टी र पार्टी भन्दा देशलाई सर्वापरि ठान्ने भट्टभन्दा अघि अरु महिलाहरु भनएकाले पनि उनि मन्त्रि बन्ने लगभग पक्का नै छ । आफु मन्त्रि भए महिला, दलित, पछाडी पारीएका वर्ग र ७ नम्बर प्रदेशका समग्र बिकासमा लागि मात्र आफ्नो जिम्मेवारी हुने बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा