२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीको बिषयमा माओवादी प्रदेश–७ मा चर्को बिबाद, यस्तो भन्छन शिर्ष नेताहरु

२१ माघ २०७४, आईतवार ०९:०३

लोकेन्द्र प्रशाद जोशी | माघ २१, दार्चुला । नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर–७ मा मुख्यमन्त्री छनौटको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । नेकपा एमालेसँगको सहकार्यमा मुख्यमन्त्री पाएको माओवादी प्रदेश ७ का शीर्ष नेताहरुले नै सिफारीसको बिषयमा फरक फरक प्रतिक्रिर्या दिएका छन ।

पार्टीको प्रदेश कमिटीले एकलौटी निर्णय गरेर प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको भन्दै विवाद उत्पन्न भएको हो । प्रदेश–७ मा मुख्यमन्त्रीको दाबी गर्दै आएका दार्चुला ‘ख’ बाट निर्वाचित मानबहादुर धामी सन्तोषले केन्द्रबाट तिन जनाको नाम मागेपनि प्रदेशका नेताहरुले सहमति बिना एक जनाको नाम मात्र सिफारीस गर्नु बिडम्बनापुर्ण भएको बताउँदै संसदीय दलको नेताका लागि पार्टीभित्र उम्मेदवारी दिने बताउँनुभयो । उहाँहरुले संगठनको मूल्यमान्यता र विधिविधान विपरित निर्णय गर्नु ठिक छैन, यसमा आफ्नो आपत्ति छ, धामीले भन्नुभयो, निश्चित रुपमा आफुले संसदिय दलको नेताकालागी उम्मेदबारी दिन्छु । मुख्य मन्त्रीका प्रबल दाबेदार मानिएका कैलालिका बिरमान चौधरीले समेत आफुलाइ समर्थन गर्ने बताइसकेको धामीको दाबी छ ।

माओवादी केन्द्रका प्रदेश–७ इञ्चार्ज लेखराज भट्टले भने आफूहरुले सबै जिल्लाका इञ्चार्ज र संयोजकसँग छलफल गरेर निर्णय गरेको बताउँनुभयो । मानबहादुर धामीपनि दार्चुला जिल्लाका इन्चार्ज हैनन र ? उहाँलाइ त जानकारी गराउँनुभएनछ त ? भन्ने हाम्रो प्रश्नमा भट्टले रेडिमेट जवाफ दिदै, उहाँलाइ जानकारी भयो भन्न सक्ने कुरा भएन, त्यस्तै कुरा अरुले पनि भन्ला, यो त आन्तरीक कुरा हो, उनि मिडियामा किन गए भन्ने उनैले जानुनु, पार्टी बिधि पद्धति त्यो हैन । हाम्रो आन्तरीक पार्टी कमिटिमा जनबादी केन्द्रीयताको आधारमा निर्णय हुन्छ, त्यही लोकतान्त्रीक पद्धति हो निर्बाचन हुदैन भट्टले भन्नुभयो ।

यता प्रदेश संयोजक लक्ष्मी जोशीले भने भट्टसंगै ४ जना अरु नेताहरुको समेत नाम केन्द्रमा पठाएको फरक जवाफ दिनुभएको छ । त्रिलोचन भट्टलाई पार्टीको प्रदेश समितिले शुक्रबार मुख्यमन्त्री बनाउन पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको थियो । तर संयोजक जोशीले भट्ट सहित मान बहादुर धामी, बिरमान चौधरी र झपट बोहरालाइ समेत सिफारीस गरेर पठाएको जिकिर गर्नुभयो । त्रिलोचन जि प्रार्थमिकतामा राखेर सिफारीस भएका हुन, अरु सार्थीहरुको समेत सिफारीस गरीएको छ, बाकी निर्णय केन्द्रीय किमिटिले गर्छ । निर्बाचन हुदैन, पार्टीको निर्णय सबैले मान्नुपर्छ जोशीले भन्नुभयो ।  यसअघि धामी र चौधरीको नाम मुख्य चर्चामा रहेपनि भट्ट सिफारीस भएको भन्दै प्रदेश कमिटिमा चर्को बिबाद भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला