२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं २ को प्रदेशसभा अन्तरिम कार्यविधि पारित, सभामुखको निर्वाचनका फागुन २ गते

२०७४, २१ माघ आईतवार ०९:४०

माघ २१, जनकपुरधाम (रासस) | प्रदेश नं २ को प्रदेशसभाको आजको पहिलो बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ । 

शैक्षिक तालिम केन्द्र भवन जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभामा अपराह्न १२:०५ बजे शुरू भएको बैठक १:३० बजे सकिएको हो । कार्यविधिबमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य सन्तमाया मोक्तान, अनिता देवी, नवलकिशोर, शिवचन्द्र चौधरी र मोहम्मद शविमलाई मनोनयन गरिएको छ । 


बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले कार्यव्यवस्था समितिमा ज्ञानेन्द्र यादव, योगेन्द्र राय, मनीष सुमन, शत्रुधन महतो, प्रमोदकुमार यादव, रामसरोज यादव, शोभा लामा, सावित्री देवी, अब्दुल कलाम, रामकुमार साह र ज्वाला साहलाई मनोनयन गरिएको जानकारी दिनुभयो । 

बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि आगामी फागुन २ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका यही माघ २९ गते सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ । प्रदेशसभाको अर्को बैठक यही माघ २९ गते अपराह्न १ बजे बस्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह