१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं २ को प्रदेशसभा अन्तरिम कार्यविधि पारित, सभामुखको निर्वाचनका फागुन २ गते

२१ माघ २०७४, आईतवार ०९:४०

माघ २१, जनकपुरधाम (रासस) | प्रदेश नं २ को प्रदेशसभाको आजको पहिलो बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ । 

शैक्षिक तालिम केन्द्र भवन जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभामा अपराह्न १२:०५ बजे शुरू भएको बैठक १:३० बजे सकिएको हो । कार्यविधिबमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य सन्तमाया मोक्तान, अनिता देवी, नवलकिशोर, शिवचन्द्र चौधरी र मोहम्मद शविमलाई मनोनयन गरिएको छ । 


बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले कार्यव्यवस्था समितिमा ज्ञानेन्द्र यादव, योगेन्द्र राय, मनीष सुमन, शत्रुधन महतो, प्रमोदकुमार यादव, रामसरोज यादव, शोभा लामा, सावित्री देवी, अब्दुल कलाम, रामकुमार साह र ज्वाला साहलाई मनोनयन गरिएको जानकारी दिनुभयो । 

बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि आगामी फागुन २ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका यही माघ २९ गते सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ । प्रदेशसभाको अर्को बैठक यही माघ २९ गते अपराह्न १ बजे बस्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह