२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

देवघाटलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ: राष्ट्रपति

२०७४, २१ माघ आईतवार १०:३६

माघ २१, तनहुँ | राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । 

गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञको आज देवघाटधाममा उद्घाटन गर्दै उहाँले धर्म, शान्ति र भ्रातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रका रुपमा देवघाटलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले सभ्य, संस्कृति र चेतनशील नागरिकमा राष्ट्र र राष्ट्रियताको सम्बद्र्धन तथा देशप्रेमको भावना हुने भएकाले देशको कुनाकुनामा यस्तो चेतना जगाउन आवश्यक रहेको बताउनुभयो । गलेश्वर आश्रमलगायत संस्थाले पूर्वीय दर्शनका आधारका रुपमा रहेको संस्कृत शिक्षालाई आधुनिकीकरण गर्दै वैदिक वाङ्मयको संरक्षण गर्नु महत्वपूर्ण रहेको बताउँदै उहाँले सुखी र उन्नत समाज सिर्जना गरी आफ्नो मौलिक पहिचान कायम राख्न कटिबद्ध रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजलाई नैतिक र चरित्रवान् बनाउँदै हाम्रो मौलिक संस्कृतिप्रति समर्पित बनाउन आवश्यक रहेको छ ।” 

गुरुकुल शिक्षाद्वारा सुसंस्कृत वाङ्मय र वैदिक ज्ञानको समद्ध परम्परालाई जोगाउँदै तपोभूमि देवघाटधाम आध्यात्मिक र संस्कृतिको केन्द्र बन्दै गएको बताउँदै उहाँले भन्नुभयो, “यसै शृखलाको एक आयामका रुपमा शिवालय मन्दिर र धर्मशाला निर्माण भएको महसुस गरेको छु ।” 

कार्यक्रममा तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले देवघाट क्षेत्रलाई हिन्दू अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले नेपाललाई धर्मनिरपेक्ष बनाउनु त्रुटिपूर्ण भएको भन्दै सच्याउन आग्रह गर्नुभएको थियो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले नवनिर्मित नर्मदेश्वर शिव मन्दिर र धर्मशालाको उद्घाटन गर्नाका साथै यज्ञमण्डपमा दीप प्रज्ज्वल गरी महायज्ञको शुभारम्भ गर्नुभयो । राष्ट्रपति भण्डारीले भागवतमा पुष्पअर्पण पनि गर्नुभएको थियो । गलेश्वर आश्रमले आफ्नो परिसरमा झण्डै रु नौ करोडको लगानीमा सो मन्दिर निर्माण गरेको हो । देवघाटधाम क्षेत्रको सबैभन्दा ठूलो मन्दिरका रुपमा यस मन्दिरलाई लिन सकिन्छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले गलेश्वर आश्रमका पूर्वकोषाध्यक्ष भोजराज भण्डारी, हालका सचिव प्रेमकुमार उलक, कार्यालय सचिव महेन्द्र प्याकुरेल र कार्यालय सहयोगी अर्जुन पन्तलाई सम्मान गर्नुभएको थियो । 

महायज्ञ आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी आश्रमले नै ५०० जना अट्न सक्ने धर्मशाला निर्माण गरेको हो । धर्मशाला रु दुई करोड ५० लाख लागतमा निर्माण गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा