२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व हो: प्रम

२०७४, २१ माघ आईतवार १०:५९

माघ २१, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । 

गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको सहयोगार्थ आजदेखि शुरु भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले शैक्षिक एवं धार्मिक संस्थाको पूर्वाधार निर्माण गर्न सबैको सहयोग हुनुपर्ने बताउनुभयो । “सबै क्षेत्रमा सरकारले नै काम गर्न सक्दैन, स्थानीयवासी एवं सरोकार भएका अन्य निकायको पनि सहयोग लिनुपर्छ, विद्यालय र स्थानीय मठमन्दिर निर्माणका लागि स्थानीयवासीले पनि सकेको योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

सो अवसरमा सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले राजधानीमा भएर पनि पिछडिएको क्षेत्रको शिक्षा एवं जीवनस्तर सुधारका लागि यज्ञका माध्यमबाट सहयोग जुटाउन आह्वान गर्नुभयो । काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले शिक्षा क्षेत्रको सुधारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

क्षेत्र नं ३ प्रदेशसभा (क) का सांसद छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपाल, प्रा डा ऋषिराम पोखरेल तथा महायज्ञ आयोजक समिति अध्यक्ष दामोदर पौडेललगायतले यस्ता कार्यक्रमले शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताउनुभयो । 

यही माघ २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा बाल योगेश्वरले कथा वाचन गर्नुहुनेछ । महायज्ञबाट संकलित रकम विद्यालय एवं शिवपाञ्चायन मन्दिरको पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित