१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता किरातीलाई कारवाही गर्न १९ माओवादी नेताहरुको माग (पत्र सहित)

२३ माघ २०७४, मंगलवार ०७:०५

माघ २३, काठमाडौं । माओवादी केन्द्रका नेता एवम् प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीलाईई कारवाही गर्न माओवादी केन्द्रका १८ जना पोलिटब्युरो सदस्यहरुले माग गरेका छन् ।

नेताहरुले आगामी २५ र २६ गते तय भएको प्रदेश सचिवालयको बैठक किरातीको नेतृत्वमा नबस्ने समेत बताएका छन् । प्रचण्डलाई पत्र लेख्दै १९ जना नेताहरुले किरातीलाई कारवाहीको माग गरेका हुन् । 

पत्र अनुसार किरातीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध बिभिन्न कृयाकलाप गर्दै हिँडेको भन्दै उनको नेतृत्वमा आगामी बैठक बस्न नसक्ने  भन्दै प्रचण्ड स्वयमको नेतृत्वमा मात्र बैठक बस्ने बताएका छन् । उनीहरुले प्रचण्डलाई लेखेको पत्रमा किरातीलाई कारवाहीको माग समेत गरेका छन् । 

प्रदेश नम्बर १ का किरातीसँग माओवादी नेताहरु रुष्ट हुनुको कारण माओवादी संयोजक सावित्रीकुमार काफ्लेकी श्रीमती विना पोखरेललाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउनु रहेको बुझिएको छ । सहिद परिवारलाई बेवास्ता गर्दै पोखरेललाई टिकट दिलाउन किरातीले भूमिका खेलेको नेताहरुको आरोप छ ।

प्रचण्डलाई लेखिएको पत्रमा माओवादी केन्द्र सचिवालय सदस्य टंक आङबोहाङको नाम पहिलो नम्बरमा छ ।  पत्रमा कुल १९ जनाको नाम उल्लेख गरिएको छ ।  

हेर्नुहोस् प्रचण्डलाई लेखिएको पत्र यस्तो छ:- 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह