१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले नेता कार्कीको अन्त्यष्टी

२३ माघ २०७४, मंगलवार ०९:४३

माघ २३, बागलुङ | नेकपा एमाले बागलुङले पार्टीका नेता हरिबहादुर कार्कीको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । स्वर्गीय कार्कीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नुका साथै अन्तिम श्रद्धाञ्जली अर्पण गरी मंगलवार बागलुङ नगरपालिका १ निर्णयघाटमा अन्त्येष्टी गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटि बागलुङका पूर्व सदस्य तथा वर्तमान सल्लाहकार कार्कीको सोमबार ५३ वर्षको उमेरमा निधन भएको थियो ।

एमाले केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले नेकपा एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएपछि कार्कीको अन्त्यष्टी गरिएको हो । स्वर्गीय कार्कीको पार्थिव शरिरमा उहाँका ८ वर्षीय नाती डेनियल कार्कीले दागवत्ती दिएका थिए ।

अन्त्येष्टी कार्यक्रममा पार्टीका तर्फबाट शोक व्यक्त गर्दै एमाले नेतृ केसीले समाज विकासमा निरन्तर लाग्ने कार्कीको योगदानलाई स्मरण गर्नु भयो । स्वर्गीय कार्कीले समाजको विकासका लागि गरेका कामलाई निरन्तरता दिन सकेमा सच्चा श्रद्धाञ्जली हुने उहाँले बताउनुभयो ।

एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले पार्टीका तर्फबाट प्रकाशित शोक वक्तत्व वाचन गर्नु भएको थियो । उहाँले एमाले नेता कार्कीको निधनले पार्टीले एक असल नेता र समाजले असल समाजसेवी गुमाएको बताउनुभयो । 

अन्त्येष्टी कार्यक्रमको सञ्चालन एमाले जिल्ला सचिव लालबहादुर थापाले गर्नु भएको थियो । 

काठेखोला गाउँपालिका वडा नं. ७, साविक रेश गाविसका पूर्व अध्यक्ष र जिल्ला विकास समिति बागलुङका सदस्य समेत भएर लामो समयसम्म जनप्रतिनिधिका रुपमा समाजसेवामा लागेका कार्की पछिल्लो समय रेश नुन्थला माविको व्यवस्थापन समितिको अध्यक्षका रुपमा कार्यरत रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह