२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले नेता कार्कीको अन्त्यष्टी

२०७४, २३ माघ मंगलवार ०९:४३

माघ २३, बागलुङ | नेकपा एमाले बागलुङले पार्टीका नेता हरिबहादुर कार्कीको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । स्वर्गीय कार्कीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नुका साथै अन्तिम श्रद्धाञ्जली अर्पण गरी मंगलवार बागलुङ नगरपालिका १ निर्णयघाटमा अन्त्येष्टी गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटि बागलुङका पूर्व सदस्य तथा वर्तमान सल्लाहकार कार्कीको सोमबार ५३ वर्षको उमेरमा निधन भएको थियो ।

एमाले केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले नेकपा एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएपछि कार्कीको अन्त्यष्टी गरिएको हो । स्वर्गीय कार्कीको पार्थिव शरिरमा उहाँका ८ वर्षीय नाती डेनियल कार्कीले दागवत्ती दिएका थिए ।

अन्त्येष्टी कार्यक्रममा पार्टीका तर्फबाट शोक व्यक्त गर्दै एमाले नेतृ केसीले समाज विकासमा निरन्तर लाग्ने कार्कीको योगदानलाई स्मरण गर्नु भयो । स्वर्गीय कार्कीले समाजको विकासका लागि गरेका कामलाई निरन्तरता दिन सकेमा सच्चा श्रद्धाञ्जली हुने उहाँले बताउनुभयो ।

एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले पार्टीका तर्फबाट प्रकाशित शोक वक्तत्व वाचन गर्नु भएको थियो । उहाँले एमाले नेता कार्कीको निधनले पार्टीले एक असल नेता र समाजले असल समाजसेवी गुमाएको बताउनुभयो । 

अन्त्येष्टी कार्यक्रमको सञ्चालन एमाले जिल्ला सचिव लालबहादुर थापाले गर्नु भएको थियो । 

काठेखोला गाउँपालिका वडा नं. ७, साविक रेश गाविसका पूर्व अध्यक्ष र जिल्ला विकास समिति बागलुङका सदस्य समेत भएर लामो समयसम्म जनप्रतिनिधिका रुपमा समाजसेवामा लागेका कार्की पछिल्लो समय रेश नुन्थला माविको व्यवस्थापन समितिको अध्यक्षका रुपमा कार्यरत रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध