२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम एकता: दुवै आलोपालो अध्यक्ष र प्रधानमन्त्री हुने, यसरी मिल्यो कुरो

२०७४, १ फाल्गुन मंगलवार ०३:३२

फागुन १, काठमाडौं | लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ ।

एकतालाई औपचारिकता दिन मात्रै बाँकी दुई वामका रहेको नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ ।

आलोपालो नेतृत्व

सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको केपी ओली पुष्पकमल दाहालबीचको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।

यस कुरालाई माओवादी केन्द्रका नेताहरूले पनि पुष्टि गरेका छन् । प्रचण्डनिकट एक नेताले अन्नपूर्णसँग भने, ‘आइतवारको बैठक सकारात्मक रह्यो । दुई नेताले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ । यसलाई औपचारिकता दिन बुधवार एकता संयोजन समितिको बैठक डाकिएको छ ।’

दुवैजना अध्यक्ष !

दुवै अध्यक्षको छलफलपछि दाहाल ललितपुरको मानभवनमै नेताहरु जनार्दन शर्मा र रामबहादुर थापासँग छुट्टै छलफलमा जुटेका थिए । शर्माले झापा पुगेर दुवै नेता अध्यक्ष रहने गरी पार्टी एकता गर्ने सहमति भएको खुलासा गरेका छन् ।

मंगलवार ओली र दाहालबीच फेरि एक चरण ‘वान टु वान’ छलफल हुने भएको छ । सोमबार भएको सहमति अनुसार पार्टीमा दुई ‘कोर्चियर’ रहने छन् । पहिलो साढे दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् । त्यही समयमा दाहालले पार्टीको नेतृत्व गर्ने भएका छन् ।

‘सोमबार दुई अध्यक्षको बैठकले पार्टी एकतमा रहेको संशय र पदीय बाँडफाँटबारे सबै कुरा अन्त्य गरेको छ । पार्टी एकताको घोषणा पनि अब केही दिनभित्रै हुन्छ ।’

यसरी मिल्यो कुरो

दुवै पाटी एकताका लागि पदीय भागवन्डा पेचिलो विषय बन्दै आएको थियो । पटक-पटक दुई अध्यक्षबीचको भेटघाट पनि एक महिना यता ठोस निष्कर्षमा पुग्न सकेको थिएन ।

पदीय बाडँफाँटका विषयमा दुवै अध्यक्षलाई जिम्मा दिएकाले विभिन्न विकल्पमा छलफल भएको नेताहरुले बताएका बताउँदै आएका थिए । दुवै नेता अध्यक्ष बन्नेसम्मका विकल्पमा पनि छलफल भएको छ । त्यस्तै आलोपालो नेतृत्वको विषयमा कुरा भएपनि त्यसमा दुवै सहमति नजिक पुग्न सकेका थिएनन् ।

एमालेले अध्यक्ष पद नछाड्ने अडान राख्दै आएको थियो । माओवादीले पनि अध्यक्ष नपाएसम्म पार्टी एकतामा नजाने अडान राखेको थियो । एमालेका उपाध्यक्ष वामदेव गौतमले केही दिन अघि मात्रै दुई अध्यक्षबीच भएको भेटमा २०४७ सामा मार्क्सवादी र मालेबीच एकता हुँदा ल्याएको प्रस्ताव अगाडि सारेका थिए । जसअनुसार एक अध्यक्ष र शक्तिशाली महासचिव पद रहने प्रस्ताव अगाडि सारिएको थियो ।

एमालेले नेता भीम रावलले ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र पदीय बाँडफाँटमा पनि छलफल सकारात्मक रहेको जानकारी दिए । ‘सरकार गठन र पार्टी एकता एक साथ अगाडि बढाउने र पदीय बाँडफाँटका विषयमा पनि छलफल निष्कर्षमा पुगिसको छ । अब बस्ने एकता संयोजन समितिको बैठकले त्यसलाई मूर्तरुप प्रदान गर्ने छ’. उनले अन्नपूर्णसँग भने ।

ओली-दाहालबीच सोमबारको छलफल सकारात्मक भएको र बुधबार एकता संयोजन समितिको बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले अन्नपूर्णलाई बताइन् । उनले भनिन् ‘सोमबार दुई अध्यक्षको बैठकले पार्टी एकतमा रहेको संशय र पदीय बाँडफाँटबारे सबै कुरा अन्त्य गरेको छ । पार्टी एकताको घोषणा पनि अब केही दिनभित्रै हुन्छ ।’

दुई वाम मिलेर नेपाल कम्युनिष्ट पार्टी

सहमति अनुसार पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ । अरु नेताको पदीय व्यवस्थापनका लागि पदीय बाँडफाँट समिति गठन हुने भएको छ । एकता संयोजन समितिले नै त्यस्तो समितिको गठन गर्नेछ । पार्टी एकताको घोषणा पनि भव्य बनाउने सहमति पनि दुई अध्यक्षबीच भएको छ । घोषणाको दिन ५ लाख कार्यकर्ता सहभागी गराउने तयारी पनि दुई दलले गरेको खबर आजको अन्नपूर्णपोष्टले छापेको छ ।

भएको थियो भद्र सहमति

निर्वाचनअघि असोज १७ एमाले र माओवादीबीच चुनावी तालमेल गर्दा नै दुई दलबीच एकता गर्ने सहमति पनि भएको थियो । निर्वाचनअघि एमाले र माओवादीबीच पार्टी एकता गर्ने सहमति हुँदा नै पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने भद्र सहमति भएको थियो । सोही सहमति कार्यान्वयन गर्न दुवै अध्यक्ष सोमबार राजी देखिएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा र राष्ट्रियसभामा समेत चुनावी तामेल गरेका कारण प्रतिनिधिसभा र राष्ट्रियसभामा वाम गठबधनको बहुमत छ । ६ वटा प्रदेशमा मुख्य मन्त्री समेत दुई दलले भागवन्डा गरिसकेका छन् । जसअनुसार प्रदेश १, ३, ४, ५ एमालेबाट मुख्य मन्त्री बन्दैछन् भने प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्रीको नेतृत्व गर्दैछ ।

निर्वाचनपछि फेरि एकीकृत पार्टीको अध्यक्षमा ओली र प्रचण्डबीच कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको थियो । पदीय वाडफाँटका विषयमा एकता लम्विएपनि बारम्बार गोप्य भेटभाट गर्दै आएका दुवै अध्यक्षले चाहिँ त्यसलाई अस्वीकार गदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा