१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम एकता: दुवै आलोपालो अध्यक्ष र प्रधानमन्त्री हुने, यसरी मिल्यो कुरो

१ फाल्गुन २०७४, मंगलवार ०३:३२

फागुन १, काठमाडौं | लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ ।

एकतालाई औपचारिकता दिन मात्रै बाँकी दुई वामका रहेको नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ ।

आलोपालो नेतृत्व

सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको केपी ओली पुष्पकमल दाहालबीचको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।

यस कुरालाई माओवादी केन्द्रका नेताहरूले पनि पुष्टि गरेका छन् । प्रचण्डनिकट एक नेताले अन्नपूर्णसँग भने, ‘आइतवारको बैठक सकारात्मक रह्यो । दुई नेताले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ । यसलाई औपचारिकता दिन बुधवार एकता संयोजन समितिको बैठक डाकिएको छ ।’

दुवैजना अध्यक्ष !

दुवै अध्यक्षको छलफलपछि दाहाल ललितपुरको मानभवनमै नेताहरु जनार्दन शर्मा र रामबहादुर थापासँग छुट्टै छलफलमा जुटेका थिए । शर्माले झापा पुगेर दुवै नेता अध्यक्ष रहने गरी पार्टी एकता गर्ने सहमति भएको खुलासा गरेका छन् ।

मंगलवार ओली र दाहालबीच फेरि एक चरण ‘वान टु वान’ छलफल हुने भएको छ । सोमबार भएको सहमति अनुसार पार्टीमा दुई ‘कोर्चियर’ रहने छन् । पहिलो साढे दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् । त्यही समयमा दाहालले पार्टीको नेतृत्व गर्ने भएका छन् ।

‘सोमबार दुई अध्यक्षको बैठकले पार्टी एकतमा रहेको संशय र पदीय बाँडफाँटबारे सबै कुरा अन्त्य गरेको छ । पार्टी एकताको घोषणा पनि अब केही दिनभित्रै हुन्छ ।’

यसरी मिल्यो कुरो

दुवै पाटी एकताका लागि पदीय भागवन्डा पेचिलो विषय बन्दै आएको थियो । पटक-पटक दुई अध्यक्षबीचको भेटघाट पनि एक महिना यता ठोस निष्कर्षमा पुग्न सकेको थिएन ।

पदीय बाडँफाँटका विषयमा दुवै अध्यक्षलाई जिम्मा दिएकाले विभिन्न विकल्पमा छलफल भएको नेताहरुले बताएका बताउँदै आएका थिए । दुवै नेता अध्यक्ष बन्नेसम्मका विकल्पमा पनि छलफल भएको छ । त्यस्तै आलोपालो नेतृत्वको विषयमा कुरा भएपनि त्यसमा दुवै सहमति नजिक पुग्न सकेका थिएनन् ।

एमालेले अध्यक्ष पद नछाड्ने अडान राख्दै आएको थियो । माओवादीले पनि अध्यक्ष नपाएसम्म पार्टी एकतामा नजाने अडान राखेको थियो । एमालेका उपाध्यक्ष वामदेव गौतमले केही दिन अघि मात्रै दुई अध्यक्षबीच भएको भेटमा २०४७ सामा मार्क्सवादी र मालेबीच एकता हुँदा ल्याएको प्रस्ताव अगाडि सारेका थिए । जसअनुसार एक अध्यक्ष र शक्तिशाली महासचिव पद रहने प्रस्ताव अगाडि सारिएको थियो ।

एमालेले नेता भीम रावलले ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र पदीय बाँडफाँटमा पनि छलफल सकारात्मक रहेको जानकारी दिए । ‘सरकार गठन र पार्टी एकता एक साथ अगाडि बढाउने र पदीय बाँडफाँटका विषयमा पनि छलफल निष्कर्षमा पुगिसको छ । अब बस्ने एकता संयोजन समितिको बैठकले त्यसलाई मूर्तरुप प्रदान गर्ने छ’. उनले अन्नपूर्णसँग भने ।

ओली-दाहालबीच सोमबारको छलफल सकारात्मक भएको र बुधबार एकता संयोजन समितिको बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले अन्नपूर्णलाई बताइन् । उनले भनिन् ‘सोमबार दुई अध्यक्षको बैठकले पार्टी एकतमा रहेको संशय र पदीय बाँडफाँटबारे सबै कुरा अन्त्य गरेको छ । पार्टी एकताको घोषणा पनि अब केही दिनभित्रै हुन्छ ।’

दुई वाम मिलेर नेपाल कम्युनिष्ट पार्टी

सहमति अनुसार पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ । अरु नेताको पदीय व्यवस्थापनका लागि पदीय बाँडफाँट समिति गठन हुने भएको छ । एकता संयोजन समितिले नै त्यस्तो समितिको गठन गर्नेछ । पार्टी एकताको घोषणा पनि भव्य बनाउने सहमति पनि दुई अध्यक्षबीच भएको छ । घोषणाको दिन ५ लाख कार्यकर्ता सहभागी गराउने तयारी पनि दुई दलले गरेको खबर आजको अन्नपूर्णपोष्टले छापेको छ ।

भएको थियो भद्र सहमति

निर्वाचनअघि असोज १७ एमाले र माओवादीबीच चुनावी तालमेल गर्दा नै दुई दलबीच एकता गर्ने सहमति पनि भएको थियो । निर्वाचनअघि एमाले र माओवादीबीच पार्टी एकता गर्ने सहमति हुँदा नै पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने भद्र सहमति भएको थियो । सोही सहमति कार्यान्वयन गर्न दुवै अध्यक्ष सोमबार राजी देखिएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा र राष्ट्रियसभामा समेत चुनावी तामेल गरेका कारण प्रतिनिधिसभा र राष्ट्रियसभामा वाम गठबधनको बहुमत छ । ६ वटा प्रदेशमा मुख्य मन्त्री समेत दुई दलले भागवन्डा गरिसकेका छन् । जसअनुसार प्रदेश १, ३, ४, ५ एमालेबाट मुख्य मन्त्री बन्दैछन् भने प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्रीको नेतृत्व गर्दैछ ।

निर्वाचनपछि फेरि एकीकृत पार्टीको अध्यक्षमा ओली र प्रचण्डबीच कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको थियो । पदीय वाडफाँटका विषयमा एकता लम्विएपनि बारम्बार गोप्य भेटभाट गर्दै आएका दुवै अध्यक्षले चाहिँ त्यसलाई अस्वीकार गदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या