2026-07-06 08:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’

काठमाडौं । बरिष्ठ ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीले देशमा चलिरहेको अस्थिर राजनीतिका कारण मुलुक मध्यावधी निर्वाचनतर्फ जाने संकेत गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार पनि संकटमा रहेको उल्लेख गर्दै डा.अधिकारीले ओली सरकारलाई आउँदो मंसिर ६ गतेसम्म कठिन अवस्था रहेको भविष्णवाणी गरे ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने,‘मैंले शीर्ष नेताहरुको जन्मकुण्डली हेरेर अनुमान लगाउने गरेको छु । ज्योतिष विज्ञान अनुसार धेरैको भविष्यवाणीले मेल खाएको छ । असोज २७ गतेसम्म पूर्वगृहमन्त्री रवि लामिछानेलाई कसैले छुँदैन भनेको थिएँ । तर त्यसपछि उहाँ हिरासतमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीजीलाई पनि मंसिर ६ गतेसम्म एकदमै कठिन देखिन्छ । मंसिर ६ कटाउनुभयो भने चैत्रसम्म सरकार अगाडि बढ्छ । मुलुक विस्तारै मध्यावधि निर्वाचनतर्फ अग्रसर हुन्छ ।’

ओली सरकारले मध्यावधी घोषणा गरेर काम चलाउमा पुग्ने र २०८१ सालको अन्त्यसम्ममा राजनीतिक कोर्ष परिवर्तन हुने उनको अनुमान छ । ‘०८१ मा राजनीतिक कोर्ष परिवर्तन हुने र ०८२ मा त्यसको करेक्सन हुनेछ,’ उनले भने,‘ शेरबहादुर देउवा र ओलीले आलोपालो सरकार चलाउने भनेर गरेको सहमति कार्यान्वयन हुने अवस्था चाहीं देखिदैन । हिजोका दिनमा पनि बोलेका र हस्ताक्षर भएका कुराहरु उहाँहरुले पूरा गर्नुभएको छैन् । राष्ट्रलाई नै असफल बनाउन उहाँहरु केन्द्रीत हुनुहुन्छ ।’

संविधान संशोधन पनि नेपालका राजनीतिक दलहरुले चाहेअनुसार नहुने बताउँदै डा.अधिकारीले भने,‘संविधान संशोधन त हुन्छ । तर दलहरुले सोचेको जस्तो चाँही हुँदैन्, भिन्नै स्वरुपमा हुन्छ ।’
नेपालका करिब २८ जना नेताहरुको कुण्डली अध्ययन गरेर भविष्वाणी गर्दै आएको बताएका डा.अधिकारीले भने,‘ ज्योतिष विज्ञान वा दृष्टिकोणका आधारमा मैंले २७–२८ जना देशका मुख्य नेतृत्वमा रहेका नेताहरुको कुण्डली अध्ययन गरेको छु । उहाँहरुका बारेमा धेरै कुरा भनेको पनि छु । राजनीति र राज्य शासन व्यवस्थाको बारेमा धेरै नबोलौं भन्दा पनि अगाडि देखेको कुराप्रति सद्भाव एवम चिन्तन भाव राख्न मन लाग्छ । ज्योतिष विज्ञानका आधारमा सुझाव दिन मनलाग्छ ।’

सहकारीको पैसा अपचनल गरेको मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वमन्त्री रवि लामिछाने निष्पक्ष पत्रकारितालाई छाडेर राजनीतिमा हामफालेको दिनबाट नै ‘तरबारको धार’मा हिड्न थाल्नुभएको डा.अधिकारले बताए ।

‘रविजी जुन दिनबाट राजनीतिको तलाउमा जम्प गर्नुभयो त्यो दिनबाट नै मैंले तरबारको धारमा यात्रा सुरु गर्नुभयो भनेको थिए । जनताहरुमा राजनीतिमा वितृष्णा भइरहेको बेला उहाँले माहोललाई डाइभर्ट गरेर ताली खाने काम सुरु गर्नु नै गलत थियो । पार्टीको नाम नै स्वतन्त्र राखेर कायापलट गर्छु भनेर दौडनुभयो तर त्यो उहाँलाई अभिसाप सिद्ध भइरहेको छ । उहाँले कर्ममा भन्दा बोलीमा जोड दिनुभयो । हाम्रो देश एकछिनको लागि चर्को आवाजको पछाडि थुप्रिने मानसिकतामा रमाउनुभयो । बालेन्द्र शाहको चमत्कार हेरेर दल खोल्नु नै गलत थियो,’ डा.अधिकारीले भने ।
हिजोका दिनमा बाटोमा हिड्दा समेत माओवादीका विपक्षमा बोल्दा गाली खानुपर्ने अवस्थाबाट आएको नेपाली राजनीति अहिले रविको विपक्षमा बोल्दा त्यस्तै गाली खाने अवस्था रहेको औंल्याउँदै उनले हिजो र आजको माओवादीको अवस्था तुलना गर्न अनुरोध गरे ।

‘आज रविजीलाई अदालतकै आदेशमा जुन अनुसन्धान भइरहेको छ । त्यसलाई सघाउनुको साटो सडक आन्दोलनमा जाँदा रास्वपाले गलत राजनीति नक्सा बनाउँछ । कांग्रेसबाट पाँचजना गृहमन्त्री जेल गए तर एक दिन कांग्रेसले आन्दोलन गरेर सडक तताएको मलाई थाहा छैन् । तर आज रास्वपाले गलत ट्रेन्ड बसाल्न खोजीरहेको छ । यो राम्रो भएन । अदालतलाई मान्दिन भन्नुहुँदैन । पावरमा हुनेले अदालतको दुरुपयोग नगरुन,’डा.अधिकारीको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै