१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पुष्पलाल र मनमोहन पदभन्दा माथि थिए: प्रधानमन्त्री

४ फाल्गुन २०७४, शुक्रबार ११:४७

फागुन ४, ललितपुर | प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गर्नुभएको छ । 


मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताउनुभयो । अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको बताउँदै उहाँले भन्नुभयो, “अधिकारी निष्ठावान्, बफादार, क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले पहिलो वामपन्थी प्रधानमन्त्रीका रुपमा असाधारण छाप छाड्नुभयो । ” 

प्रधानमन्त्री ओलीले पुष्पलाल र मनमोहनजस्ता व्यक्तित्व पदभन्दा माथि रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलगायतले पनि नेकपा(एमाले)का तत्कालीन अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह