१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेशी वस्तुलाई प्रोत्साहन गरेमात्र देश विकास हुन्छ: मन्त्री यादव

२८ फाल्गुन २०७४, सोमबार ०८:३५

फागुन २८, काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले स्वदेशमा उत्पादित वस्तुलाई प्रोत्साहन गरेमात्र देश विकास हुने बताउनुभएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघको २४औँ साधारणसभा तथा २१औँ राष्ट्रिय महिला उद्योगी सम्मेलनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विकास नै यो सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभयो । “अबको राजनीतिक देश समृद्धतर्फ लैजाने हुनेछ”, उहाँले भन्नुभयो । 

मन्त्री यादवले सरकारले निजी क्षेत्रमा गर्नुपर्ने कामबारे योजना बनाएर ल्याउन आग्रहसमेत गर्नुभयो । उद्योग मन्त्रालय सबैसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको उहाँको भनाइ थियो । “मिडिया क्षेत्रमा समेत अनुगमन हुन्छ, अपराध गर्ने जो कोहीलाई कारबाहीको घेरामा ल्याइन्छ”, उहाँले भन्नुभयो । 

उहाँले उद्योग क्षेत्र मुलुकको आर्थिक विकासको मुख्य आधार भएको भन्दै सरकार घर घरमा उद्योग पु¥याउने प्रतिबद्धताअनुसार अगाडि बढेको स्पष्ट पार्नुभयो । 

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले देश विकासको मुख्य आधार नै साना तथा घरेलु उद्योग भएकाले उक्त क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रका आधारभूत क्षेत्रहरु कृषि, वन, खनिज, पर्यटन, जलस्रोत क्षेत्रलाई अधिकतम प्रयोग गर्न सकेमात्र मुलुक विकास हुने भन्दै सरकारले उक्त क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

सम्मेलनमा घरेलु तथा साना उद्योगमार्फत महिलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा गहन छलफल हुने महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह