२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनजाति महासंघ सप्तरीले ७ बुँदे मागसहित प्रमलाई बुझायो ज्ञापनपत्र

२०७५, ४ बैशाख मंगलवार ०५:५४

वैशाख ४ राजविराज | नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले सात बुँदे विभिन्न माग राखी सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको नेतृत्वमा आदिवासी जनजातिसँग आबद्ध जातीय संगठन, सम्बन्धित संगठन र स्थानीय तहका गरी २२ वटा संगठनका अध्यक्षको संयुक्त हस्ताक्षर रहेको उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयलाई बुझाइएको छ । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डेयमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदको कार्यालयलाई आदिवासी जनजातिको पहिचानसँग जोडिएको बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्बन्धित ठाउँमा तत्कालै पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्ञापनपत्र बुझाउने क्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष तामाङले आदिवासी जनजातिसहितका उत्पीडनमा परेका समुदायको पहिचानसँग जोडिएका सार्वजनिक बिदा फिर्ता लिन सरकारसँग माग गर्नुभयो । 

यता आदिवासी जनजातिद्वारा घोषित शान्तिपूर्ण पहिलो चरणको आन्दोलनलाई बेवास्ता गरिएमा अझै सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । 

महासंघद्वारा बुझाएको ज्ञापनपत्रमा राष्ट्रियस्वरुप ग्रहण गरेका विभिन्न समुदायको पहिचान जनित सार्वजनिक बिदा खारेजीको निर्णय फिर्ता लिनुपर्ने, सरकार र आदिवासी जनजातिबीच भएको सम्झौताको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने, समानुपातिक समावेशी सिद्धान्तको मर्म र भावनालाई सही ढंगले कार्यान्वयन गर्नुपर्ने, संविधानको भावनाअनुरुप विशेष, संरक्षित र स्वायत्त क्षेत्र तुरुन्त गठन गनुपर्ने, पहिचानजनित अन्दोलनका राजबन्दीलाई क्षतिपूर्तिसहित रिहाई गनुपर्ने, गाईको मासु खाएको आरोपमा जेल जीवन बिताइरहेकालाई क्षतिपूर्तिसहित अविलम्ब रिहाइ गनुपर्नेलगायतका माग गरिएको छ । 

मुलुकका ३५.२ प्रतिशत जनताले मनाउँदै आएका सांस्कृतिक पर्व तमु, सोनाम र ग्याल्बो ल्होसार, उधौली तथा माघेसंक्रान्ति पर्वको सार्वजनिक बिदा खारेजी गर्ने सरकारले गरेको निर्णय तत्काल फिर्ता, प्रदेशको नामांकन गर्दा पहिचान र स्थानीय भाषालाई मान्यता दिनुपर्ने उनीहरुले माग राखेका छन् ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन