१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनुपर्छ भन्दै नेविसंघले बुझायो सिडियोलाई ज्ञापनपत्र

४ बैशाख २०७५, मंगलवार १०:५५

बैशाख ४ काठमाडौं | नेपाल विद्यार्थी संगठनले राजधानीका जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । 


 नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले सिडिओ केदारनाथ शर्मालाई भेटेर काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने भनि बैशाख २ गते गरिएको निर्णय तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । 

ज्ञापनपत्रमा कम्युनिष्ट सरकारले संविधानमै व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बधी मौलिक हकविरुद्ध  निषेधाज्ञा जारी गरेको आरोप लगाइएको छ । 

नेविसंघले  प्रशासनले उक्त निर्णय फिर्ता नलिए बैशाख १६ गतेदेखि नै सशक्त आन्दोलन  गर्ने चेतावनी समेत दिएको छ । 


सो अवसरमा नेविसंघका केन्द्रीय  उपाध्यक्ष रामप्रसाद अधिकारीसहित नेबिसघं केन्द्रीय सदस्य सुशील भट्टलगायतको समेत सहभागिता रहेको नेबिसघ नेता निरन्जन थापाले जानकारी दिए । 

केन्द्रीय सदस्य भट्टले अधिकारीले बाचन गरेको ज्ञापनपत्रको विषयबस्तुमाथि प्रकाश पारेका थिए । 

विरोध प्रदर्शनका नाममा काठमाडौंमा जथाभावी नारा, जुलुस, धर्ना र सभाजस्ता कार्यक्रम हुन थालेको भन्दै जिप्रका काठमाडौंले प्रदर्शन गर्ने ७ तोकेको  थियो । 


प्रशासनले  खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई विरोध प्रदर्शनस्थल तोकेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह