१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश ३ का मुख्यमन्त्री पौडेल बने ३ विद्यार्थीका अभिभावक

५ बैशाख २०७५, बुधबार १०:१०

वैशाख ५ हेटौँडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरिदिनुुभएको छ । 

पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका एक बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेललले भर्ना अभियानमा सहभागी हुनुभएको हो । 

विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले शुरु गरेको अभियानअन्तर्गत मुख्यमन्त्री पौडेलले सुनाचुरीमा स्थानीय मनहरि–६ जोगीटारका ६ वर्षीय सञ्जीत ब्लोन तथा मनहरि गाउँपालिका–६ की ६ वर्षीय जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा १ मा भर्ना गरिदिनुभएको हो । 

मुख्यमन्त्री पौडेलले उनीहरुका लागि विद्यालय पोशाक, जुत्तादेखि स्कूल ब्याग, किताब तथा स्टेसनरी सामग्रीको समेत व्यवस्था गरिदिनुभएको छ । विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री पौडेलले बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले निकै गम्भीर ढंगबाट लिएको र प्रदेश नं ३ सरकारले पनि यो अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताउनुभयो । 

शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उहाँले शिक्षाको उज्यालोबाट सबै बालबालिका वञ्चित हुन नहुने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनली श्रेष्ठ, ओम घलान, मनहरि गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशसभा सांसद ओम घलानले सुनिल चेपाङलाई आफू अभिभावक बनेर भर्ना गर्नुभएको छ । 

मुख्यमन्त्री पौडेलले मनहरिकै महेन्द्रकिरण माविमा पुगेर सुमन चेपाङको पनि आफू अभिभावक बनेर भर्ना गर्नुभएको छ ।सांसद खतिवडाले पनि आफू अभिभावक बनेर विश्वास थोक्रा, जिल्ला समन्वस समितिका प्रमुख रघुनाथ खुलालले आर्यन विक, गाउँपालिका अध्यक्ष उप्रेतीले खुशी घिमिरे, वडा सदस्यहरु पुस्कर सुवेदी तथा रामप्रसाद ढकालले गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गर्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह