२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद दीपक मनाङ्गे पक्राउ, के थियो घटना, कति वर्ष सजाय ?

२०७५, ६ बैशाख बिहीबार १७:४३

वैशाख ६, काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । 

प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

२०६१ मा ‘चक्रे मिलन’ भन्ने मिलन गुरुङलाई दीपक मनाङेले धारिलो हतियार प्रहार गरी बायाँ हात छिनाली दिएको घटनामा पुनरावेदन अदालत, पाटनबाट पाँच वर्ष कैद सजाय हुने गरी फैसला भएको थियो । उक्त फैसलालाई सदर गर्ने गरी सर्वोच्च अदालतसमेतबाट फैसला भई उक्त मुद्दा अन्तिम किनारा लागिसकेको छ । 


मनाङेको खोजीका लागि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न पत्राचारसमेत गरेको थियो । गत मंसिर १० गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा मनाङबाट निर्वाचित मनाङे सर्वोच्चको निर्णयपछि फरार रहेका थिए । 

फरार अभियुक्त दीपक मनाङ्गे प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत हुन् । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् । 

सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो दुई सातादेखि भने उनी काठमाडौं आसपासमै थिए । उनको लोकेसन नुवाकोट ट्राक भएपछि प्रहरी टोली त्यहाँ पनि पुगेको थियो । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयंम्भूबाट पक्राउ परे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन