१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद दीपक मनााङेको रिक्त पद अब के हुन्छ ?

७ बैशाख २०७५, शुक्रबार ०८:०२

वैशाख ७, काठमाडौं । सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै  मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख मा प्रदेशसभा सदस्य पद रिक्त भएको छ | सो रिक्त पद पुरा गर्नको लागी  निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा पू:न उपनिर्वाचन गराउनुपर्ने भएको छ| सांसद मनाङे मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट स्वतन्त्र उमेद्वारी दिएर निर्वाचित भएका थिए |

प्रदेशसभा सचिवालयले राजिव गुरुङ निर्वाचित भएको निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी निर्वाचन आयोगमा पठाएपछि उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए 

उपनिर्वाचनको लागि पत्राचार भने संघीय सरकारले गर्ने कि प्रदेश सरकारले गर्ने भन्ने प्रष्ट व्यवस्था छैन ।

कानुन अनुसार निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगसँगको परामर्शमा संघीय सरकारलाई मात्र रहेकाले प्रक्रियागत आधारमा संघीय सरकारले नै गर्नुपर्ने उनले बताए । संघीय संसदका कुनै सदस्यको निधन वा पदमुक्त भएमा सो पद खाली रहेको जानकारी संसद सचिवालयले निर्वाचन आयोगलाई गराउनुपर्छ ।

सोही प्रक्रिया अनुसार मनाङ ख बाट निर्वाचित सदस्य राजीव गुरुङ ज्यान मार्ने उद्योग अन्तर्गत जेल परेकाले सो निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी प्रदेश ४ को प्रदेशसभा सचिवालयले आयोगलाई गराउन सक्नेछ ।

मनाङे २०७८ वैशाख ६ गतेसम्म जेलमा रहनेछन् । उनले यसअघि २ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका छन् । निर्वाचन कानुन अनुसार अब उनी कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न अयोग्य भएका छन् ।

मनाङ प्रदेशसभा सदस्य निर्वाचित भएपछि मात्र उनी फौजदारी मुद्दाका फरार अभियुक्त रहेको अदालतको फैसलापछि खुलेको थियो ।

नत्र उनको उम्मेदवारीनै रद्द हुन सक्ने थियो । उनी राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भए पनि उपस्थित भएका थिएनन् भने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदाता नामावलीबाटै उनको नाम हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह