१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेबि संघ धादिङ-काठमाडौं समपर्क समितिद्वारा क्यालेन्डर बिमोचन सम्पन्न

९ बैशाख २०७५, आईतवार ०९:४१

बैशाख ९ काठमाडौं। नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङका सभापति रमेश धमलाले चुनाव हारको जिम्मेवारी जिल्ला पार्टी सभापति समेतले पनि लिनुपर्ने विचार व्यक्त गरेका छन् ।


नेपाल विद्यार्थी संघ धादिङ–काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको नव वर्ष २०७५ को शुभकामना आदान प्रदान एवम् क्यालेण्डर विमोचन कार्यक्रममा मन्तव्य राख्दै  जिल्ला सभापति धमलाले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी जिम्मेवार बन्न सक्नुपर्छ, निर्वाचनको बेलामा मात्रै तयारी गरेर हुँदैन, विद्यार्थी हक हित र संगठनको लागि काम गर्ने विद्यार्थीको खोजी कता कता छ खोज्नुपर्छ।’ अबका दिनमा काँग्रेस र भातृ संगठनहरुको भविष्य सुन्दर बनाउनको लागि गम्भिर समिक्षा गर्दै अघि बढ्नु पर्छ।’ 

मन्तव्यकै क्रममा नेविसंघका महामन्त्री कुन्दन राज काफ्लेले निर्वाचनको हारमा केन्द्रीय नेतृत्वको मात्रै दोष नरहेको बताए । उनले काँग्रेस पार्टी भित्रको गुटको अन्त्य नहुनाले आज भातृसंठनहरु भत्केको पनि बताए ।

यसैगरी नेविसंघकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले नेविसंघको केन्द्रीय महाधिवेशनको तीव्र तयारीमा लाग्नु पर्ने बताएकी छन् । उनले भनिन्,‘म लगायत केही साथीहरु जसरी हामीले चुनाव जितेर आयौं त्यसरी नै नेतृत्व हस्तान्त्ररण गर्न आतुर छौ तर नेविसंघका सभापति १२ औं महाधिवेशनको बारेमा त्यति लागिपर्नु भएको देखिदैन।’

उनले  काँग्रेसका भातृ संगठनहरु क्रियाशिल नभएको कारण निर्वाचनमा पराजित हुनुपरेको पनि बताएकी छन् | 

सो अवसरमा ने बि संघ धादिङका अध्यक्ष ईस्वरअधिकारी, पुर्व-अध्यक्ष सेतेमान तामाङ, ने बि संघ केन्द्रिय सदस्य रत्न हरि ढुंगेल, क्षेत्रिय अध्यक्ष योग बहादुर तामाङ, क्षेत्रिय सदस्य ग्यालबाङ तामाङ लगाएतले आफ्नो मन्तव्य राखेका थिए | उक्त कार्यक्रमको सभापतित्व नेविसंघका नेता किरण भट्टराईले गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै