१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विकास र संमृद्धीको काममा लागिरहेका छौ: मुख्यमन्त्री राई

१० बैशाख २०७५, सोमबार ०९:३८

चिसाङ शेर्पा/बैशाख÷१० खोटाङ | प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सरकार समग्र विकास र संमृद्धिको खाका तय गर्दै तिब्र गतीमा विकास र संमृद्धीको काममा लागिरहेको बताएका छन् ।


जनताको अभिमतवाट देशले पहिलो पटक स्थिर र वलियो शक्तिशाली सरकार पाएकाले सिंगो राष्ट्र नै विकास र संमृद्धिको युगमा प्रवेश गरेकाले यसलाई कुनैपनि शक्तिले रोक्न नसक्ने बताए । सोमवार खोटाङ सदरमुकाम दिक्तेलमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्नुहुदै मुख्यमन्त्री राईले हिजोका दिनमा नेपाली राजनीति, नेपाली समाज विभिन्न वहानाहरुमा अलमलिएकाले अब नेपाली राजनीति, समाज नयाँ बिचार धारामा उभिएकाले अब देश विकास हुन्न भनेर कोही कसै दुविधा र अलमलमा अल्झिनु नपर्ने बताएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजनाको अन्तिम मस्यौदा सार्वजनिकीकरण कार्यक्रममा हेलिकोप्टबाट खोटाङ आउनुभएका उहाँले यसअघि बलियो, स्थिर सरकार बन्न नसकेकाले नेपाली राजनीतिले सकारात्मक दिशा लिन नसकेको बताउदै संविधानत केन्द्र, प्रदेश र स्थानिय सरकार बनेकाले सरकारको अबको एकमात्र गन्तब्य विकासमै रहेको बताए ।  

प्रदेश सरकारको हकमा मुख्यमन्त्री राईले गत फागुन ३ गते मन्त्री परिषद विस्तारसँगै प्रदेशसभा लगातार चलिरहेको र यतिवेला प्रदेश सरकार प्रदेश नम्बर नं. १ को विकास र संमृद्धिको सुस्पष्ट खाका तयार गरेर अगाडी बढ्ने तयारीमा जुटिरहेको उल्लेख गरे । प्रदेशमा शुसान, सुरक्षा सम्मान, ग्यारेन्टी र विकास आयोजनाहरुलाई तिब्रता र आगामी विकास र संमृद्धिको खाका तयार गरेर अगाडी बढ्नका निम्ति प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताए ।

मुख्यमन्त्री राईले कृषि, पर्यटन, जलस्रोत, उधोगधन्दालाई आधार मानेर तिब्र गतीमा प्रदेश नं. १ लाई विकास र संमृद्धिलाई अगाडी बढाउने योजना भईरहेको बताए । हिमाल, पहाड, तराई, सर्वोच्च शिखर सगरमाथा, होचो उपत्यका, चिया बगान, लालीगुराँस रुदाक्षको राजधानी तथा छिमेकी मुलुकहरु भारत, चिन, भुटान र बंगलादेशसँग प्रदेश नं. १ सिधा आफ्नो सम्बन्ध कायम राख्न सक्ने हैसियत रहेकाले अबको सबै समय, सामाथ्र्य, क्षमता, विकास संमृद्धीमा लगाउनुपर्ने मुख्यमन्त्री राईले बताए ।

प्रदेश नामाकरणको विषयमा सञ्चारकर्मीको जिज्ञासामा सर्वसम्मत रुपमा नामाकारण हुन बताए । मुख्यमन्त्री राईले पार्टी एकीकरण मुलुकको चाहाना भएकाले कसैले रोक्न नसक्ने बताए । उहाँले भन्नुभयो,“पार्टी एकता छिट्टै हुन्छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै