१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीद्वारा माओवादीलाई ‘केटाकेटी’को संज्ञा

१३ बैशाख २०७५, बिहीबार ०८:०५

वैशाख १३, काठमाडौं । बिहिबार मनमोहन अधिकारीको स्मृति दिवसको अवसर पारी आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई केटाकेटीको संज्ञा दिएका छन् । ओलीले केहि दिन अघि माओवादीले व्यानरमा गरेको विरोधलाई लक्षित गर्दै यस्तो संज्ञा दिएका हुन् । 

लेनिन जयन्तीको अवसरमा एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रममा ब्यानरलाई लिएर माओवादीले विरोध गर्दा तीन घण्टा भन्दा बढी कार्यक्रम रोकिएको थियो । त्यसै कार्यक्रमको बिषयमा टिप्पणी दिँदै ओलीले ९ गते पार्टी स्थापना दिवसमा केही केटाकेटीहरुलाई पुष्पलालको फोटो नहटाइकन नभएको बताएका हुन् । उनले भनेका छन् -'अब अस्ती नौ गते पार्टी स्थापना दिवसमा पनि देख्यौं हामीले । केही केटाकेटीहरुलाई पुष्पलालको फोटो नहटाइकन भएन ।’ उनले माओवादीहरुले एमालेलाई पनि आफ्नै मान्छे देख्नुपर्ने भन्दै त्यसो नभएकाले ब्यानर विवाद आएको बताए । उनले भने- ‘त्यो हाम्रो मान्छे होइन हाम्रो मान्छे नभएको हुनाले यो अर्को पार्टीको देखियो।’ ओलीले त्यसरी विरोध गर्नेहरुलाई सम्झाई-बुझाई गर्नु पर्ने बताए । 

कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलाई बिर्सेमा कम्युनिष्ट आन्दोलन नै समाप्त हुने बताउँदै गर्दा वैशाख ९ गते आफ्नो पक्षको पनि केहि कमजोरी भएको कुरालाई उठाउन चाहेनन् ।

माओवादीले त्यस दिन संयुक्त कार्यक्रमको ब्यानरले एमालेमा माओवादी बिलाएको जस्तो भान पारेको भन्दै एमालेले जानी-जानी ब्यानरमा लेनिनको तश्विर नराखेको भन्दै बिरोध गरेको थियो । लेनिन जयन्तिकै दिनमा लेनिनको फोटो नराखेको तर एमालेका पुर्व नेताहरु पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो राखिएको भन्दै माओवादीले विरोध गरेको थियो । माओवादी नेताहरुले समेत यस बिषयमा प्रष्ट पार्दै पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटोमा बिरोध गरेको नभई व्यानर दुवै पार्टीको पहिचान झल्काउने गरि तयार गर्नुपर्ने भन्दै बिरोध भएको बताएका थिए । व्यानर विरोध कार्यकर्ताले गरेको बताइए पनि कतिपय माओवादी नेताहरुले त्यस दिन व्यानर बिरोध हुनु स्वभाविक रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै