१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना आउदै: प्रचण्ड

१३ बैशाख २०७५, बिहीबार १०:१३

वैशाख १३ रौतहट | पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुभएको छ । 

रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले उक्त विचार राख्नुभएको हो । 

देशमा अबको यात्रा सुशासन, स्थिरता र समृद्धिको रहेको उहाँले स्पष्ट पार्नुभएको छ । 

अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुपर्ने समय आएको बताउनुभयो । 

देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको उच्च मूल्याङ्कन गर्दै तत्कालीन शहरी विकास मन्त्री प्रभु साहका पालामा देशको १० शहरमध्ये चन्द्रपुर पनि स्मार्ट सिटीको सूचीमा परेको उहाँले जानकारी दिनुभयो । 

चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्ट सिटीमा रुपान्तरण गर्न डिपिआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफुले निर्देशन दिएको प्रचण्डले स्पष्ट पानुभयो । 

कार्यक्रमका सांसद प्रभु साहले मानव सूचकाङ्कमा सबभन्दा पछाडि ७५औँ स्थानमा रहेको रौतहट अब एक नम्बरमा आउने दाबी गर्नुभयो । 

नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिना, एमाले सांसद कल्याणी खड्कालगायतले चन्द्रपुर–२ जुडिबेला क्षेत्रमा सिँचाइ खानेपानीको अभावसँगै अत्यन्त गरिबीको अवस्था रहेकाले समस्या समाधान गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा शहरी विकास कार्यालय वीरगञ्जका इन्जिनियर एवं उक्त आयोजना प्रमुख श्रीभगवान गुप्ताले आज शिलान्यास भएको सडकको कूल लागत रु आठ करोड ४० लाख तथा लम्बाइ १० किलोमिटर रहेको जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै