२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो रहेछ झण्डै सात दशक अघि कांग्रेस नेता कोइरालाले दिएको पार्टी सदस्यता

२०७५, १३ बैशाख बिहीबार १४:०१

प्रेम सुनार | वैशाख १३, गुल्मी | २००७ साल चैत्र २६ गते तत्कालीन नेपाली काँग्रेसका केन्द्रिय सभापति मातृकाप्रसाद काईरालाले  वितरण गरेको सदस्यता अझै सुरक्षित फेला परेको छ । उक्त मितिमा तत्कालिन सभापति कोईरालाले  वितरण गरेको  २८ हजार ३ सय १७ औं  क्रियाशिल सदस्यका रुपपमा   रेसुङ्गा नगरपालिका वडा नम्वर १  तम्घास पुतली वजार निवासीमथुरा प्रसाद श्रेष्ठलाई  वितरण  गरिएको सदस्यता पत्र श्रेष्ठले ईतिहाँसका रुपमा  सुरक्षित राखेकोले गुल्मी कांग्रेसले  सुरु  गरेको ५० दिने महाअभियानको अवसरमा सार्वजानिक गरिएको हो । 


नयाँ वर्षको अवसर पारेर बैशाख १ गते देखि सुरु गरिएको  नेपाली काँग्रेस गुल्मीको आह्वान “गाउँ जाउँ गाउँमै रमाउँ” ५० दिने महाअभियान भन्ने नारा  साथ सुरु गरिएको अभियान अन्तर्गत आज जिल्लाभर भव्यताका साथ विशेष भेला सम्पन्न भएको छ । त्यस्तै आज सदरमुकाम स्थित रेसुङ्गा  नगरपालिका वडा नम्वर २ को पनि विशेष भेला सम्पन्न सम्पन्न भएको छ ।


भेलामा नेपाली काँग्रेस वडा नं। १ का सभापति केशव पाण्डेको सभापतित्व रहेको भेलामा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, शालिक पन्थी, शशि पन्थी ५० दिने महअभियानका जिल्ला प्रतिनिधि हरिकुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको भेलाको सञ्चालन नेत्र पन्थीले  गरेका थिए । 

सो भेलामा तत्कालिन समयमा लिएको क्रियाशील सदस्यता प्रमाण पत्र समेत सार्वजनिक गरिएको थियो । त्यसै भेलामा रेसुङ्गा नगपरपालिका वडा नं। १ का झण्डै १५० जनालाई क्रियाशिलता सदस्य परिचय पत्र पनि वितरण गरिएको थियो । 

नेपाली काँग्रेस गुल्मीको सङ्गठन विस्तार, सुदृढीकरण एवम् सशक्तिकरणका लागि “जनतासंग नेपाली काँग्रेस” भन्ने मूल मान्यताका आधारमा पार्टीका गाउँ तह देखि जिल्ला तहका कार्यकर्ताहरुलाई सिद्धान्त, नीति र विचारमा प्रशिक्षित गर्दै जनताको घरदैलोमा नेपाली काँग्रेसलाई थप उर्जाशील बनाउने प्रमुख लक्ष्य रहेको प्रमुख अतिथि श्रेष्ठले बताए । 

श्रेष्ठले ५० दिने महाअभियानका साथ गाउँमा रहदा सामान्य जीवनस्तर भएका जनताहरुको दैनिकीसँग आफुहरु साक्षत्कार हुने अवसर पाउने धारणा राखेका थिए  । 


 श्रेष्ठले भने–‘ विगतका कमी कमजोरीलाई सच्चाउदै आगामी दिनमा एकढिक्का भएर पार्टीलाई अगाडी बढाउने  महाअभियनको उद्देश्य हो । ’ 

भेलामा नेपाली काँग्रेसका जिल्ला स्थित नेता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिहरुको समेत उपस्थित रहेको थियो । 

त्यस्तै ५० दिने महाअभियानको विशेष भेला मदाने गाउँपालिका वडा नं. २ बाँझकटेरीमा पनि सम्पन्न भएको छ । भेलामा नेपाली काँग्रेस बाँझकटेरीका सभापति फर्सुराम भुसालको कसभापतित्व रहेको भलामा ५० दिने महाअभियानमा खटिएका प्रतिनिधि लोकप्रसाद खरेलको प्रमुख आतिथ्यता, कृष्ण खरेल, मोतिबहादुर के।सी।, लक्ष्मण खत्री, मिनबहादुर कुँवर, जितबहादुर भाँक्री मगर र नेपाली काँग्रेस बाँझकटेरीका पूर्व उपसभापति भुवनप्रसाद भुसालको विशेष आतिथ्यता र कृष्णप्रसाद भुसालको स्वागत मन्तव्य रहेको भेलाको सञ्चालन प्रेमप्रसाद भुसालले गरेका थिए  । सोही भेलाबाट नेपाली काँग्रेसका भातृ सङ्गठनहरु नेपाल महिला संघ, नेपाल आदिवाशी जनजाती संघ, लोकतान्त्रिक अपाङ्ग संघको पनि गठन गरिएको छ । नेपाल महिला संघमा दुर्पता घर्ति मगरको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरिएको हो । 

त्यस्तै नेपाल आदिवाशी जनजाती संघमा मिनबहादुर कुँवरको अध्यक्षतामा ११ सदस्यीय वडा समिति र लोकतान्त्रिक अपाङ्ग संघमा शोभबहादुर घर्ति मगरको सभापतित्वमा ७ सदस्यीय वडा समिति गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन