१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले पठाएको ठाउँमा कर्मचारी जानैपर्छ: मन्त्री पण्डित

१४ बैशाख २०७५, शुक्रबार ०९:३३

वैशाख १४ लुम्बिनी | संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा राष्ट्रसेवक कर्मचारी जानुपर्ने बताउनुभएको छ । 

मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताउनुभयो । 

मन्त्री पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझावसमेत दिनुभयो । 

लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै नसक्ने भन्दै त्यस्ता कर्मचारीले राजीनामा दिएर अन्य व्यवसाय गरे सरकारलाई कुनै आपत्ति नहुने बताउनुभयो । 

कपिलवस्तु जाने क्रममा विमानस्थलमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिएको जनाउँदैं त्यसमा भाग नलिए पनि सरकारले खटाएको ठाउँमा जानैपर्ने बताउनुभयो । 

उहाँले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न नसक्ने बताउनुभयो । 

“राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानुपर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ” मन्त्री पण्डितले भन्नुभयो कुनै पनि कमर्चारी म सरकारले खटाएको ठाउँमा जानै पाइदैन ”। 

मन्त्री पण्डितले दुई पार्टीबीचको एकताको कुरा अन्तिमचरणमा पुगेको उल्लेख गर्दै अब एकताको मिती तय गर्न मात्रै बाँकी रहेको बताउनु भयो । उहाँले वर्तमान वाम गठबन्धनको सरकारले मुलुकमा विकास निर्माण र सुशासनमा विशेष ध्यान दिने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै