१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्डिकेट अन्त्य पारेरै छाड्छौं: मन्त्री थापा

१४ बैशाख २०७५, शुक्रबार १२:१४

वैशाख १४ बुटवल | गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीको एकाधिकार समाप्त पारेरै छाड्ने बताउनुभएको छ । 

प्रदेश नं ५ प्रदेशस्तरीय सुरक्षा योजना बनाउन रुपन्देही आउनुभएका मन्त्री थापाले प्रेस क्लब रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लागुऔषध कारोवार र घरेलु हिंसाविरुद्ध सरकारले चाँडै ठोस कदम चाल्ने बताउनुभयो । 

देशमा शान्तिसुरक्षा र अपराध नियन्त्रयण गर्न सरकार सातै प्रदेशमा प्रदेशस्तरीय कार्ययोजना बनाएर अघि बढ्न थालेको उल्लेख गर्दै गृहमन्त्री थापाले मुलुक संघीयतामा गइसकेकाले सुरक्षा निकायमा देखिएको अन्योल चाँडै अन्त्य हुने जिकिर गर्नुभयो । 

तोकेको स्थानमा नगए राजीनामा 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजीनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझाव दिनुभएको छ । 

लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै सक्दैनन् भन्दै यही वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिइएको जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह