२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० बर्ष अघि भूमिगत भएको ठाउँमा पुगेर के गर्दैछन् परराष्ट्रमन्त्री ज्ञावाली ?

२०७५, १४ बैशाख शुक्रबार १३:५६

प्रेम सुनार | वैशाख १४, गुल्मी | मन्त्री भएपछि आफ्नो गृह जिल्ला गुल्मीमा पहिलो पटक आएका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीलाई ३० बर्ष अघि भूमिगत हुँदा बसेको गाउँ चन्द्रपुर गाउँपालिकामा पुगेका छन् । 

गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने चन्द्रपुर गाउँपालिका र  कालीगण्डकी गाउँपालिकाका मन्त्री ज्ञवालीलाई पहिले उनले पढेको रिडी माध्यामिक विद्यालयमा आज भव्य स्वागत गरिएको छ । भूमिगत हुँदा आफैले खाना खाना खुवाएका आमाबुबाहरुले ज्ञावालीलाई किसोर अवस्थाको जस्तै असल र अहमता नभएको भन्दै प्रशंसा गरेका छन् । 

साथै मन्त्री ज्ञावालीले गुल्मीको खड्ककोट स्थित दुर्गाभवानी माविको ६१ औं बार्षिक उत्सवको उद्घाटन गर्दै त्यहाँका सर्वसाधारणलाई सम्बोधन गरेका छन् । ज्ञावालीले सम्बोधनको क्रममा हालसम्मको शिक्षालाई गुणस्तरिय र व्यावहारिक बनाउन, कृषि तथा व्यवसायिक जनशक्ति उत्पादन गर्न सक्ने खालको शिक्षा नीति आवश्यक भएको भन्दै त्यसमा आफ्नो पार्टी कटिबद्ध रहेको बताएका छन् । त्यस्तै मन्त्री ज्ञावालीले गरिव, बिपन्न, बेसाहारा बालवालिकालाई सरकारले अभिभावकत्व लिने बताएका छन् । 

मन्त्री ज्ञावालीले माओवादि र एमालेका कार्यकर्तालाई संयुक्त रुपमा भेट गरि प्रशिक्षण समेत दिन भ्याएका छन् । प्रशिक्षणका क्रममा उनले कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गर्दै पार्टी एकतामा आशंका नगर्न आग्रह गरेका छन् । उनले भने – 'अब छिट्टै पार्टी एकता हुन्छ, यसमा कुनै दुई मत छैन, प्राविधिक समस्याको कारणले एकताको कुरा बढीमा डेढदुई महिना भित्र मिलिसक्छ ।'   

गुल्मीमा भेटघाटको क्रममा मन्त्री ज्ञावाली हर्मी चौर, अरबेनी, पुर्तिघाट, खड्ककोट, ग्वागा, हरेवा हुँदै आज चन्दपुर बस्ने र भोली चन्द्रपुरको बिभिन्न गाउँमा जाने र बिभिन्न व्यक्तिहरुले उनलाई सम्मान गर्ने कार्यक्रम छ । 

उनले स्थानीय बासिन्दाहरुसँग छलफल गर्दै गुल्मीको क्षेत्र नम्बर १ को बिकासमा आफूले कत्ति पनि कमी नराख्ने भन्दै चुनावी अभियानको क्रममा आफूले बोलेका कुराहरु पुरा गरिछाड्ने बताए । 

ज्ञावाली कालिगण्डकी करिडोरका जन्मदाता मानिन्छन् । मन्त्री ज्ञावालीले कालिगण्डकी करिडोर ८ मिटर चौडा भएकोमा अब १० मिटर चौडा हुने र नेपाली सेनाले खन्ने गरि सुरु भएको सडक हिजो उद्घाटन समेत गरेका छन् । ज्ञावालीले गुल्मीको ऋणीदेखि रुद्रवेनीसम्मको सडक यो बर्ष १० मिटर चौडा पार्ने भन्दै उनले ऋणीदेखि बाग्लुङसम्म कुल ८० किलोमिटर सडक चौडा पार्नको लागि सरकारले बाग्लुङ तर्फ २५ करोड छुट्ट्याएको र गुल्मीतर्फ ३५ करोड छुट्ट्याएको जानकारी दिएका छन् ।  

उक्त कालिकीगण्डकी करिडोरले चीनको केरला हुँदै तातोपानी, मुक्तिनाथ त्यसपछि विश्वकै सालिग्रामको भण्डार भनेर चिनिने कालिगण्डकी नदि किनार हुँदै मालढुङ्गा, सेतीबेनी, मिर्मिड्याम हुँदै रुद्रबेनी, विश्वकै चार धाम मध्ये एक मानिने रुरु धाम हुँदै लुम्बिनी र भारत जोड्नेछ । प्राचिन कालदेखिनै भारत र चीनको सभ्यता जोड्ने, बुद्धिष्टहरुको समेत पदयात्राको प्राचिन बाटोको विकास हुने गरि कालिगण्डकी करिडोर बिकास हुँदै गरेको भन्दै मन्त्री ज्ञावालीले प्राचिन बाटोलाई आधुनिक बनाउने उध्यस्यले करिडोरको परिकल्पना गरिएको बताएका छन् । मन्त्री ज्ञावालीले करिडोरको विकासले लुम्बिनीदेखि म्याग्दी, बेनी, जोमसोम सम्मका जनताको जीवनस्तर उकास्नेमा आफू विश्वस्त भएको बताएका छन् ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन