१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिका लागि नागरिकसँगै रहेर सकार्य गर्छु: नगरप्रमुख शाक्य

१७ बैशाख २०७५, सोमबार ०८:३४

वैशाख १७ काठमाडौँ | काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताउनुभएको छ । 

आज यहाँ कामपाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धिका लागि नागरिकको सक्रियता आवश्यक हुने बताउनुभएको हो । 

शाक्यले भन्नुभयो, “नगरको विकास नागरिकका लागि हो त्यसैले कामपाको सबै विकासमा नागरिक सहभागी हुन आवश्यक छ ।” 

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले नगरवासीको अपेक्षा एकीकृत विकास रहेकाले सोहीअनुरुप विकासको काम गरिने बताउनुभयो । 

वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले वडामा भएका २२ वटाभन्दा बढी टोल विकास समूहसँगको सहकार्यमा बाटोमा ब्लक छाप्ने, ढुङ्गा बिछ्याउने, मंगल निर्माण गर्ने, इनार सफा गर्ने, आरसिसी ढलान गर्ने, सडक पिच गर्ने काम सम्पन्न गरिएको जानकारी दिनुभयो । 

कलंकी चोकको व्यवस्थापन, बजार र उद्योगधन्धाको तथ्याङ्क संकलन, पार्किङस्थलको पहिचान र व्यवस्थापन, बल्खु खोला करिडोर निर्माण, सार्वजनिक शौचालय निर्माणजस्ता काम तत्कालको योजनामा रहेको सापकोटाले बताउनुभयो । 

कार्यक्रममा सहभागीले भूकम्पीय क्षति न्यूनीकरणका लागि सचेतना अभियान, दुव्र्यसन न्यूनीकरण तथा सुधार केन्द्रको स्थापना, खाद्य वस्तुको गुणस्तर मापन, पाटीपौवाको संरक्षणजस्ता काम पनि वडाले गर्नुपर्ने माग गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह