२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईंहरु ढुक्क हुनुस्, एकता घोषणा धेरै पर जाँदैन: प्रचण्ड

२०७५, १८ बैशाख मंगलवार ११:२७

वैशाख १८ काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अब केही दिनमा घोषणा हुने बताएका छन्।

श्रमिक दिवसका अवसरमा आठ वटा ट्रेड युनियनहरुले संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकदुई दिनभित्रै एकताको प्रक्रियाले टुंगो लाग्ने र घोषणा पनि हुने बताए। दाहालले मार्क्स जयन्ती अर्थात् मे ५ (बैसाख २२) गते पनि उक्त घोषणा हुन सक्ने बताए।

‘तपाईंहरुले यो सम्झिएर ढुक्क भए हुन्छ, पार्टी एकता घोषणा धेरै दिन पर जाँदैन,’ दाहालले भने, ‘सबै कुरा मिलेको छ। केही प्रक्रिया मात्र बाँकी छन्।’ संविधानमा नै समाजवाद उन्मुख भनेर लेखेको स्मरण गराउँदै उनले त्यसलाई सामान्य रुपमा नलिन आग्रह गरे।

'जनताको अपेक्षाअनुसार काम गर्ने अवसर प्राप्त भएको छ, अब विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा गर्ने जिम्मेवारी पूरा गर्नुपर्छ,' उनले भने। जनताका अपेक्षा पूरा गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसलाई स्मरण गरेर आआफ्ना जिम्मेवारी पूरा गर्नुपर्नेमा समेत उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन