१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईंहरु ढुक्क हुनुस्, एकता घोषणा धेरै पर जाँदैन: प्रचण्ड

१८ बैशाख २०७५, मंगलवार ११:२७

वैशाख १८ काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अब केही दिनमा घोषणा हुने बताएका छन्।

श्रमिक दिवसका अवसरमा आठ वटा ट्रेड युनियनहरुले संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकदुई दिनभित्रै एकताको प्रक्रियाले टुंगो लाग्ने र घोषणा पनि हुने बताए। दाहालले मार्क्स जयन्ती अर्थात् मे ५ (बैसाख २२) गते पनि उक्त घोषणा हुन सक्ने बताए।

‘तपाईंहरुले यो सम्झिएर ढुक्क भए हुन्छ, पार्टी एकता घोषणा धेरै दिन पर जाँदैन,’ दाहालले भने, ‘सबै कुरा मिलेको छ। केही प्रक्रिया मात्र बाँकी छन्।’ संविधानमा नै समाजवाद उन्मुख भनेर लेखेको स्मरण गराउँदै उनले त्यसलाई सामान्य रुपमा नलिन आग्रह गरे।

'जनताको अपेक्षाअनुसार काम गर्ने अवसर प्राप्त भएको छ, अब विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा गर्ने जिम्मेवारी पूरा गर्नुपर्छ,' उनले भने। जनताका अपेक्षा पूरा गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसलाई स्मरण गरेर आआफ्ना जिम्मेवारी पूरा गर्नुपर्नेमा समेत उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह