२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकको द्रुतत्तर आर्थिक विकासको निमित्त मजदुरको भूमिका महत्वपूर्णः कमल थापा

२०७५, १८ बैशाख मंगलवार १४:२४

वैशाख १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले श्रमिकहरुको हक  हित र अधिकारको पक्षमा राप्रपा निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघद्वारा १२९ औं अन्तराष्ट्रिय श्रमिक दिवस को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका ४० लाख श्रमजीवि युवाहरु विदेशमा श्रम गरिरहेको अवस्थामा मुलुक द्रुततर आर्थिक विकास गरि सामान्य रोजगारीका लागि विदेश जान नपर्ने अवस्थाको सिर्जना गर्ने राप्रपाको सपना र परिकल्पना रहेको उल्लेख गर्नुभयो । 

मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यता समाप्त हुँदै गएको तथा अधिनायकवादले प्रश्रय पाउँदै गएको अवस्थामा राप्रपाले लिएको संवैधानिक राजसंस्था सहितको लोकतन्त्र र सर्वधर्म समभाव सहितको सनातन हिन्दु राष्ट्रको औचित्य अझ टड्कारो हुँदै गएको उहाँले बताउनुभयो । जहाँ न्यायालय स्वतन्त्र र निष्पक्ष रहँन सक्दैन, प्रेस स्वतन्त्रता माथि अंकुश लाग्छ, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ, प्रशासनिक संयन्त्र कमजोर हुन्छ, त्यो राष्ट्र अगाडि बढ्न नसक्ने बताउँदै नेपालमा यिनै प्रवृत्तिको निरन्तर विकास हुँदै गएकोले राप्रपाले लिएको एजेण्डा झन प्रभावकारी बन्दै गएको उहाँले स्पष्ट पार्नुभयो । 


अहिलेको अवस्थाले निरन्तरता पाउँदै गएमा मुलुकमा धान्नै नसक्ने धार्मिक द्वन्द्वको खतरा रहेको बताउँदै अध्यक्ष थापाले धर्म परिवर्तन, भ्रष्टाचार र साम्यवादी अधिनायकवादलाई समाप्त पार्न सके मात्र  मुलुकमा  जनताले खोजेको परिवर्तन, मुलुकको समग्र आर्थिक विकास र स्थायी रुपमा लोकतन्त्र सुदृढ भएर जाने विचार व्यक्त गर्नुभयो । उहाँले राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्रको पहिचानले मुलुकमा अहिले देखिएको चुनौतीको सामाना हुन सक्ने बताउनुभयो । यसको निमित्त राप्रपाले आत्मसाथ गरेको वैकल्पिक मार्गचित्रबाट मुलुक अघि बढ्नुपर्ने जिकिर गर्नुभयो । साथै उहाँले समान विचारधारा भएका राष्ट्रवादी शक्तिहरु एक भएर आगामी चुनौतीहरुलाई सामना गर्नुपर्ने बताउँदै पार्टीले लिएको सिद्धान्तमा सवै अडिग रहनुपर्नेमा जोड दिनुभयो । 

विरगञ्जमा सम्पन्न हुने आगामी केन्द्रीय परिषद्को बैठकले पार्टीको भावी कार्ययोजना, रणनीति स्पष्ट पार्ने उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थापाले आगामी निर्वाचनमा बैकल्पिक शक्तिको रुपमा राप्रपा प्रस्तुत हुने प्रष्ट पार्नुभयो । 

कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्ग, उपाध्यक्ष टंक ढकाल, राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा,  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, टे«ड यूनियन महासंघका महासचिव हिक्मत जंग भण्डारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष  यादवराज पाण्डे, पूर्व प्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमाला, ट्रेड युनियन महासंघ भक्तपुरका अध्यक्ष लगायतले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो । 

पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ कार्यक्रम आयोजक समितिका संयोजक इन्द्र चित्रकारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङदेन, कोषाध्यक्ष उद्धव पौडेल, प्रवक्ता भुवन पाठक लगाएत केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, पार्टीका भातृसंगठनका अध्यक्ष तथा पदाधिकारीहरु, ट्रेड यूनियन महासंघका पदाधिकारी सदस्यहरु लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन