२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णालीका मुख्यमन्त्रीदेखि वडाअध्यक्षसम्मको पारिश्रमिक कति ?

२०७५, १९ बैशाख बुधबार १६:४५

वैशाख १९, सुर्खेत | संघीय सरकारले दिएको सिलिङ भन्दा७ हजार रुपैयाँ घटाएरकर्णाली प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक प्रस्ताव गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरी कर्णाली सरकारको मन्त्री परिषद्ले प्रदेश सभामा पेसगर्न स्वीकृती दिएको कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक, सेवा र सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक–२०७५को मस्यौदा प्रदेश सभाका पदाधिकारीको पारिश्रमिक घटाएर व्यवस्था गरेको छ ।

उक्त विधेयकको मस्यौदामा कर्णाली सरकारका मुख्यमन्त्रीको पारिश्रमिक ५३ हजार ९ सय र मन्त्रीहरुको पारिश्रमिक ५० हजार तोकिएको छ । संघीय सरकारले मुख्यमन्त्रीको पारिश्रमिक ६० हजार ९  सय र मन्त्रीहरुको पारिश्रमिक ५२ हजारको सिलिङ पठाए पनि प्रदेश सरकारले मुख्य मन्त्रीको सात हजार र मन्त्रीहरुको २ हजार रुपैयाँ घटाएर पारिश्रमिकको लागि प्रस्ताव गरिएको छ । मन्त्रीहरुलाई आवासवाफत मासिक २५ हजार र इन्धनका लागि ७५ लिटर सुविधा तोकिएको छ भने मुख्यमन्त्रीले मासिक मन्त्रीलाई १ सय २५ लिटर इन्धन सुविधा पाउने उल्लेख गरिएको बताइएको छ । 

मेयरलाई ३५ हजार, उपमेयर ३० हजार

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि विधेयक–२०७५ को मस्यौदा पनि तयारी गरि संसदमा पेस गर्न मन्त्री परिषद्बाट स्वीकृत भई सकेको छ । उक्त विधेयक पारित भए कर्णाली प्रदेशका नगरपालिकाका प्रमूखले मासिक ३५ हजार र उपप्रमुखले ३० हजार पारिश्रमिक पाउनेछन् । विधेयकको मस्यौदाले नगरपालिकाका वडाध्यक्षलाई मासिक २० हजार पारिश्रमिक तोकेको बताईएको छ ।

मस्यौदा विधेयकले कर्णालीका गाउँपालिका अध्यक्षको पारिश्रमिक मासिक ३१ हजार र उपाध्यक्षको २६ हजार र वडाध्यक्षका लागि १५ हजार देखि १८ हजार रुपैयाँसम्म प्रस्ताव गरिएको छ । उक्त विधेयक प्रदेश सभाले पारित गरेसंगै कर्णाली प्रदेश सभाका पदाधिकारी तथा यहाँका स्थानीय तहका पदाधिकारीहरुले पारिश्रमिक र सेवा सुविधा लिन बाटो खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन