१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकका अधिकार पूरा भएको छैन्: नेता नेपाल

२० बैशाख २०७५, बिहीबार १०:०१

वैशाख २० काठमाडौँ  | नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभएको छ । 

विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई आज यहाँ सम्बोधन गदै उहाँले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताउनुभयो । 

उहाँले ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक सधैँ थिचोमिचोमा परिरहने उल्लेख गर्नुभयो । नेता नेपालले समाज परिवर्तन गर्न श्रमिकले नै अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद्मा नेपाली महिलाको प्रतिनिधित्व भए पनि अझै ग्रामीण भेगका महिलाको पहुँच पुग्न नसकेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मज्वाइण्डाइल माइकलले संसारका श्रमिकमाथि साम्राज्यवाद र पुँजीवादबाट हस्तक्षेप भइरहेकोले त्यसको विरुद्ध लड्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले सेमिनारले नेपालका श्रमिकको हक अधिकार स्थापित गराउन सहयोग मिल्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले नेपालका श्रमिकले वास्तविक श्रम पाउन नसकेकोे बताउनुभयो । 

उक्त बैठकले प्रेमल खनालको संयोजकत्वमा १७ सदस्यीय महासंघको नेपाल समन्वय समिति गठन गरेको छ । 

विश्व ट्रेड युनियनय महासंघमा नेपालका पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल प्रगतिशीत ट्रेड युनियन महासंघ, नेपाल समावेशी ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडरेशन, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ आवद्ध रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी