१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाटीको निर्देशनपछी नेविसंघ केन्द्रस्तरको बैठक स्थगित ,अध्यक्ष महर अल्ममतमा परे

२१ बैशाख २०७५, शुक्रबार ०६:५२

वैशाख २१ काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरसँग असन्तुष्ट पक्षले बोलाएको केन्द्रीय समितिको बैठक रोकिएको छ | कांग्रेस केन्द्रीय समितिले रोक्न निर्देशन दिएपछिबैठक रोकिएको हो। 

 नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले अर्को निर्देशन प्राप्त नहुन्जेलसम्म लागि कुनैपनि बैठकको आयोजना नगर्न निर्देशन दिएका हुन् ।

बिहीबार चलेको बैठकको बीचमा बैठक रोक्ने आदेशात्मक पत्र आएको थियो । बहुमत निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको बैठक चलिरहेको अवस्थामा पार्टी कार्यालयबाट पत्र आएको महामन्त्री काफ्ले बताए । काफ्लेको अनुसार पत्र आउनुपूर्व केही निर्णय बैठकले गरेको थियो । जसमा विधि विधान विपरित मनोमानी ढंगले सभापतिले पदाधिकारी,  सदस्य, विश्व विद्यालय, जिल्ला, क्याम्पस,  सिटिइभिटी , विदेशस्थित सम्पर्क समितिहरुमा गरिएको मनोनयन खारेज गर्ने लगाएतको निर्णय भएको थियो ।

बैठकमा उपाध्यक्ष रामप्रसाद अधिकारी, डील्लीराम सुवेदी, प्रकाश राना, खड्क डागी, नवीन राई, सह महामन्त्री राजेश रौनियार, माधब ढकाल, परमेश्वर शाह, कृष्ण कार्की, ललिता सुनुवार, हरीहर शर्मा, कोषाध्यक्ष शिव रीमाल र केन्द्रीय सदस्यहरुसहित ८४ जना सहभागी भएको नेविसंघका केन्द्रिय सदस्य शुशिल भट्टले जानकारी दिए । नेविसंघको निर्वाचित केन्द्रीय समितिका १२९ जना मध्ये ८४ जना बैठकमा सहभागी हुनुले अध्यक्ष नैनसिंह महर अल्पमतमा परेको देखिन्छ । बैठक नेविसंघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन