२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बिप्लव’ नेतृत्वको बन्दले कर्णालीको जनजीवन प्रभावित

२०७५, २२ बैशाख शनिबार १५:३६

वैशाख २२, कालिकोट | नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको डरका कारण कर्णाली राजमार्ग शनिबार बन्द भएको छ । यातायात व्यववसायीको आन्दोलनका कारण शुक्रबारदेखी कालिकोटमा थन्किएका सवारी साधनहरु शनिबार पनि गन्तव्यमा जान सकेनन् । जसका कारण कालिकोट जिल्लाबाट बाहिर जाने तथा बाहिर जिल्लाबाट आएका यात्रुहरु जिल्ला सदरमुकाम मान्ममै रोकिएका छन् ।

नेपालगञ्जदेखी मुगुका लागि विहीबार आएको गाडि शनिबार पनि कालीकोटमै रोकिएका छन् । गाडि चलाउँदा बन्दकर्ताले तोडफोड गर्ने डरले गाडि चलाउन नसकिएको गाडिका कर्मचारी दिपक बिकले बताए । यात्रुको सुरक्षाका लागि गाडि कालिकोटमै रोकिएको उनको भनाई छ । कालिकोट जिल्ला नेकपाको पकट भएको जिल्लाका रुपमा चिनिने गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पुर्व मन्त्री खड्गबहादुर बिश्कर्मा प्रकाण्डको गृह जिल्ला भएकाले पनि यहाँ नेकपाले बिभिन्न समयमा तडक भडक गर्दै आएको छ ।

शुक्रबार कर्णाली राजमार्गको कुनै पनि स्थानमा नेकपाका कार्यकर्ताहरु नदेखिएपनि यातायात सेवा सुचारु हुन सकेन । जिल्ला प्रहरी कार्यालय प्रमुख सुवासचन्द्र बोहोराले नेकपाको बन्दमा सञ्चालन हुने सवारी साधन तथा यात्रुहरुको सुरक्षाको लागि आफूहरुले प्रहरी टोली खटाएको भएपनि कतिपय गाडिवालाहरुले स्वैच्छिक रुपमा नचलाएको बताए । उनले जिल्लाको नरहरीनाथ गाउँपालिकाको लालिघाटदेखी पचालझरना गाउँपालिकाको जारकोडसम्म कर्णाली करिडोरमा चल्ने जीपहरु नेकपाका कार्यकर्ताहरुले रोक्न खोज्दा प्रहरीले स्कटिङ गरी चलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन