२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट पार्टीबीचको एकता राष्ट्रको आवश्यकता हो: प्रचण्ड

२३ बैशाख २०७५, आईतवार ११:०९

वैशाख २३ पोखरा | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उहाँले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर सहकार्य गर्न आवश्यक भएको बताउनुभयो । 

राजनीतिक स्थिरताका लागि आफूहरूले गठबन्धन, साझा घोषणापत्र र उम्मेदवार तय गरेको बताउँदै उहाँले कम्युनिष्ट पार्टीबीचको एकता राष्ट्रको आवश्यकता भएको उल्लेख गर्नुभयो । 

प्रेस स्वतन्त्रताका पक्षमा आफूहरू निरन्तर रुपमा सञ्चारकर्मीसँगै भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाल पत्रकार महासंघको सर्वसम्मत समावेशी प्रदेश समिति गठन गरिनु सकारात्मक भएको बताउँदै उहाँले आफ्नै प्रधानमन्त्रित्वकालमा लोककल्याणकारी विज्ञापनमा दोब्बर बनाइएको तथा वरिष्ठ पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने प्रक्रियाको थालनी गरिएको जानकारी दिनुभयो । 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघात्मक अधिकार प्रदेशमा समितिलाई हस्तान्तरण गरिएको जानकारी दिँदै पत्रकार हकहित र नागरिक अधिकारका लागि महासंघले निरन्तर लडाइँ लडिरहने बताउनुभयो । 

प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जनताले अनुमोदन गरिसकेकाले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकीकरण तत्काल गर्नाको विकल्प नरहेको बताउनुभयो । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सभापति गंगाधर पराजुलीले नेपालको संविधान निर्माण भएर पनि नियम र कानून बन्न् नसक्दा स्वतन्त्र प्रेसको अधिकार कुण्ठित भएको बताउनुभयो । 

पत्रकार महासंघ प्रदेश नं ४ निर्वाचन आयोगका अध्यक्ष सुरेन्द्र थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नं ४ विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, केन्द्रीय निर्वाचन समितिका बबिता बस्नेत, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेल, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले मुलुकको विकास र समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्व भूमिका रहेको उल्लेख गर्नुभयो । सो अवसरमा निर्विरोध निर्वाचित महासंघ प्रदेशका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । रासस

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की