प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ मा प्रदेश सभासदस्यको लोगो सार्वजनिक

२४ बैशाख २०७५, सोमबार ०७:३०

वैशाख २४ बुटवल | प्रदेश नं ५ का प्रदेश सभासदस्यको पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ । 


प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ आयोजित कार्यक्रममा सो लोगो सार्वजनिक गर्नुभएको हो । उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पार्नुभएको नमूना छनोटमा परेको हो । 


लोगोमा प्रदेश नं ५ को हिमाली क्षेत्र सिस्ने हिमाल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, धान र जौका बालाका साथै लैङ्गिक समानता झल्किन्छ । 

प्रदेशसभा सचिवालयले आयोजना गरेको सो कार्यक्रममा सो लोगोसहित प्रदेशसभा कर्मचारीको लोगो, प्रदेशसभा नियमावली तथा प्रदेशसभा सदस्यहरुको विवरणसहितको पुस्तक, प्रदेशसभाको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको छ । 

त्यस अवसरमा प्रदेशसभाको लोगो निर्माणकर्ता भण्डारीलाई उपसभामुख कृष्णी चौधरीले सम्मान गर्नुभयो । 

प्रदेशसभा सञ्चालनका तथा व्यवस्थापनका लागि प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विविध विषय समेटिएको पुस्तक लोकार्पण गरिएको थियो । 

सभामुख घर्तीले प्रदेशसभाको पहिचान झल्काउन लोगो महत्वपूर्ण भएको र यसले प्रदेशका महत्वपूर्ण क्षेत्रलाई झल्काउने बताउनुभयो । 

यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा छोटो समयमा यो महत्वपूर्ण र ऐतिहासिक काम भएको बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी