१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनता र जातको नाममा आतंक फैलाउनेहरुलाई छोड्दैनौ: ओली

२४ बैशाख २०७५, सोमबार ०८:२०

वैशाख २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा चुनौती दिनेहरुमाथि सरकार कडा रुपले प्रस्तुत बताए।

राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनता र जातको नाममा आतंक फैलाउनेहरुलाई नछोडिने बताए । उनले राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला अवरोध गर्न खोज्नेहरुसंग सरकार चुप लागेर नबस्ने पनि बताए |

उनले भने , ‘राष्ट्र निर्माणको बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला भद्काउन खोज्ने बिखण्डनको कुरा गर्नेहरुसंग सजग हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा छिटै अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए । ‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो’ उनले भने, ‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन दुष्प्रयास गर्छ  त्यसलाई ठीक लाउने ठाउँमा हामी छौं ।’

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको उनले बताए ।  ‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्छ’ प्रधानमन्त्री ओलीले भने, भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुँदैन ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी