२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देशमा विकासको ढोका खुलेको छ: मुख्यमन्त्री गुरुङ

२०७५, २५ बैशाख मंगलवार १०:३६

वैशाख २५ बेँसीशहर, लमजुङ | प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताउनुभएको छ । 


गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा आज आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले सिंहदरबारको शक्ति, गाउँ गाउँसम्म पुगेकाले स्थानीय सरकारले गाउँको अवश्यकता पहिचान गरी विकासको गति अघि बढाउन सक्छ, त्यसका लागि प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्छ ।” 

मुख्यमन्त्री गुरुङले सात वटै प्रदेशमा बहुमतसहितको सरकार बनेको र संघीय सरकार पनि दुईतिहाइ बहुमतको भएकाले सरकार परिवर्तन गर्ने खेल सकिएको बताउनुभयो । उहाँले स्थिर सरकार भएकै कारण विकासको वातावरण सिर्जजा भएकाले सबै मिलेर मुलुकको विकासका लागि दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

प्रदेशसभाका लागि लमजुङबाट निर्वाचित गुरुङ मुख्यमन्त्री हुनुभएपछि जिल्लास्थित तमु ह्युला छोँजधिलगायत गुरुङ समुदायका विभिन्न आमा¬ तथा बुबा समूहले अभिनन्दन गरिएको अध्यक्ष ठाकुरप्रसाद गुरुङले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन