१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड

२६ बैशाख २०७५, बुधबार ०६:१४

वैशाख २६ काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताउनुभएको छ । 

आज बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । 

अध्यक्ष दाहालले भन्नुभयो,‘‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि सम्पर्क सञ्जालको विस्तार नै मुख्य कार्यसूची रहेको छ । त्यसमा सडक सञ्जालको विस्तार, रेलमार्गको विस्तार र सम्पर्क सञ्जालको विस्तारबाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’’ 

उहाँले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही सम्पर्क सञ्जालको विस्तारका विषयमा छलफल भएको स्मरण गर्दै भन्नुभयो, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु ।’ 

त्यसैगरी चिनियाँ प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई नेपालको व्यावहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो । 

उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकाले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए । दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधि मण्डलको नेतृत्व गरेर आएका उपाध्यक्ष लिजी याङले बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन