१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो ट्विटबारे ओलीले प्रचण्डलाई यस्तो जवाफ दिए

२६ बैशाख २०७५, बुधबार ०८:५३

वैशाख २६, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सृजना गरेका भ्रम माथिको छलफल पश्चात वातावरण सहज बनेको प्रचण्डको ट्विटर उल्लेख छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसँगको छलफलका क्रममा प्रचण्डले सोमबार केपी ओलीले गरेको टि्वटका विषयलाई लिएर प्रश्न उठाएका थिए । जवाफमा ओलीले  ‘मैले अर्कैथोक सोचेको थिएँ, तर त्यस्तो भाषामा टि्वट गर्दिएछन्’ भन्ने जवाफ दिएका छन् ।

दुई शीर्षनेतावीचको भेटमा पार्टी एकताका लागि विश्वासको वातावरण कसरी बनाउने भन्नेबारे छलफल भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लेखेको ट्वीटले माओवादी नेताहरुलाई झस्काएको थियो । प्रधानमन्त्री ओलीले सोमबार आफ्नो आधिकारिक टि्वटर ह्याण्डलबाट कडा अभिव्यक्ति सार्वजनिक गर्दै लेखेका थिए – ‘हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।'

ओलीको ट्वीट अनुसार ‘समीकरण फेरिरहने बानी परेका’ भनेर माओवादी अध्यक्ष प्रचण्डलाई नै लक्षित गरेर भनिएको माओवादी नेताहरुको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै