२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

२०७५, २६ बैशाख बुधबार १०:५९

वैशाख २६ जनकपुरधाम | भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ । 

मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलमसञ्जीव रेड्डी, ज्ञानी जेल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो । 

जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुनुहुने बताइन्छ । 

षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुती, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन छ । 

ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदूभाषणी गरिमयी कुलबधु , प्रकृति स्वरूपा सवल नारी, संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पुज्यनीय र अनुकरणीय मानिएको छ । 

विदेह परम्पराको निरन्तरताका रूपमा विशिष्ट पाहुनालाई षोडसोपचार विधिबाट पूजाअर्चना गराइने परम्परा रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दास बताउनुहुन्छ । 

जानकी मन्दिरलाई माता जानकीको निवासस्थल मानिएको छ ।

धार्मिक मान्यताअनुसार जानकी मन्दिरको प्रधान गर्भ गृह माता जानकीको कोहवर छ, जहाँ जानकी र राम शयन गर्नुहुन्छ । 

मुगल, हिन्दू र मैथिल वास्तु शैलीको अनुपम संगमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, शीशमहल र नेपालको ताजमहल भनेर सो मन्दिर प्रख्यात छ । 

सो मन्दिरमा महात्मा शरकिशोर दास र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरेका सीतारामका मूर्ति रहेका छन् । मूर्तिहरूलाई चाँदीको पाताले मोडिएको रथ आकारझैं भान हुने विशाल एवं कलात्मक सिंहासानमा आकर्षक ढंगले सजाएर राखिएका छन् । 

भगवान सीतारामका मूर्ति राखिएको कोठामा बस्ने मूलद्वार पनि चाँदीले नै मोडिएका छन् । यसको अगाडि सानो जगमोहन छ । गर्भगृहको मूलद्वारसँगै जोडिएर यसको दुबैतिर दायाँबायाँ स–साना बरण्डा बनाइएका छन् । जसलाई मिथिला वास्तुकलाको विशेषताका रूपमा लिइन्छ । 

गर्भगृह प्रवेश गर्ने मूलद्वारको दुबैतर्फको भित्तामा जीवनगाथासँग सम्बन्धित चित्रले जीवन्तता दिन खाजेको जस्तो लाग्दछ । भगवान सीतारामको सिंहासनको पछिल्लो भागमा अष्ठकुञ्ज नामक आठ कोठा छन् । यी कोठामध्ये दुई कोठा पाताल जाने बाटो भएको बताइन्छ । अन्य कोठा भगवानको शयन र स्नानका लागि प्रयोग गरिन्छ । 

जानकी मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । 

यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना– ठूला गुम्बज र बुर्जाहरूले घेरिएको छ । 

जानकी मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा छन् । मन्दिरको भब्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक छ भने जगमोहन मन्दिरको चारैकुनामा तीन, तीन वटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाका साथै अन्य साना–ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर र प्रवेशद्वारका दुबैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ । 

सो मन्दिरको निर्माण मध्य भारतका ओरछा टिकमगढका महाराजा प्रतापसिंहका पत्नी वृषभान कुँवरिले पुत्र प्राप्तिको खुशियालीमा विसं १९६७ माघ २८ गतेमा निर्माण गराएकी थिइन् । 

सो मन्दिरको निर्माणमा त्यस बेलाको व्रिटिश महारानीका चाँदीका सिक्का ३–४ लाख खर्च भएको भनिए पनि मन्दिर बनाउन शुरूमा नौलाख संकल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा रु १५ लाख खर्च र बारह वर्ष लागेको बताइन्छ । 

जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ । यस सन्दर्भमा यो पनि भनाइ रहेको छ कि महाराजा र महारानी जानकी मन्दिर बनाउन जति पनि खर्च गर्न तयार थिए । इकाइमा सो रकम भन्नु पर्दा नौ नै भन्नु परेकाले नौ लाख भनिएको हो । 

हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वस्तु, भवन, इमारतलाई सबैभन्दा उत्तम दर्जाको इकाइमा भन्नु पर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरिएकोले नौलखा भनिएको भन्ने मान्यता पनि पाइन्छ । 

सो मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढंगबाट रोमनमा एसपी लेखिएको देखिन्छ । 

भारतीय प्रधामन्त्री मोदीको जनकपुरधाम भ्रमण सन्दर्भमा जानकी मन्दिरमा गरिने पूजा अर्चनाका लागि मन्दिरलाई रंगरोगन गर्ने कार्य तीव्र पारिएको छ । जानकी मन्दिरको पूजाअर्चना कार्यक्रममा यस पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने भएकाले यसलाई नेपाल र भारतबीचको सम्बन्ध झन प्रगाढ हुने विश्वास लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन